
विभिन्न बौद्ध सङ्घ संस्थाले २५६० औँ बुद्धजयन्तीको अवसरमा बौद्ध परिसरमा निकालेको बुद्धको रथ यात्रामा सहभागीहरु । तस्बिर ः अन्जलि रम्तेल, रासस
काठमाडौँ, ८ जेठ । पच्चीसय साठीऔँ वुद्ध जयन्तीका उपलक्षमा देशका विभिन्न भागमा पदयात्रा, वुद्य पूजा आदि कार्यक्रम भएका छन् ।
पोखरा – यसै सन्दर्भमा आज पोखराका विभिन्न ठाउँमा रहेका विहार, गुम्बा र चैत्यमा परम्परागत रुपमा बुद्ध पूजा गरिएको छ ।
भिक्षु, लामा र बज्राचार्यले आज बिहानैदेखि ती धार्मिक संस्थामा पंचशील प्रार्थना र पूजा गरी विश्व शान्तिको कामना गर्नुभयो ।
त्यस्तै, बुद्ध जयन्ती मूल समितिको आयोजनामा आजै दिउँसो शान्ति पदयात्रा र धार्मिक सभा सम्पन्न भएको छ ।
पोखराको नदीपुरस्थित धर्मशीला वुद्ध विहारबाट सुरु भएको शान्ति पदयात्रा रयालीले नगर परिक्रमा गरी शाक्य समाजको सभाहलमा पुगी सभामा परिणत भएको थियो ।
रयालीमा बौद्ध सङ्घसंस्थाका भक्तजन, भन्ते, लामा, भिक्षुलगायत सर्वसाधारणको उल्लेख्यरुपमा सहभागिता रहेको थियो । कार्यक्रममा भिक्षु सागर धम्म र अनागरिका सुभाले गौतम बुद्धको उपदेश अहिले पनि त्यत्तिकै महत्व राख्ने गरेको धारणा राख्नुभयो । कार्यक्रमको सभापतित्व मूल समारोह समितिका अध्यक्ष कृष्णमान गुभाजुले गर्नुभएको थियो ।
सोही उपलक्ष्यमा बौद्ध अघौ सदनमा पनि सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरियो ।
सो अवसरमा विभिन्न तालमा माछाका भुरा छोड्ने, वृद्धाश्रममा भोजन दान, प्रवचन, सरसफाइ र वृक्षरोपणसमेत गरिएको थियो ।
तनहूँ– बुद्ध जयन्तीका अवसरमा शनिबार दमौलीमा पनि शान्ति रयाली निकालियो । बौद्ध सदन तनहुँको आयोजनामा निकालिएको सो रयालीमा विभिन्न वेषभूषामा सजिएका गुरुङ समुदायका व्यक्तिको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो ।
व्यास–१० देउरालीनगरस्थित गुम्बाबाट सुरु भएको रयाली दमौली बजारको परिक्रमा पछि सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटो हिँड्नसकेमात्रै देशमा शान्ति आउनेमा वक्ताको जोड थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शङ्कर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले देखाएको बाटो हिँड्नसके विश्वभर शान्ति आउने बताउनुभयो ।
सो कार्यक्रममा बौद्ध सदन गुम्बाका उपाध्यक्ष जितलाल गुरुङ, दीपक भट्टराई, कुमार गुरुङ, मिरसिंह गुरुङलगायतले विश्व शान्तिको कामना गरेका थिए ।
इटहरी– बुद्ध जयन्तीका अवसरमा सुनसरी जिल्लाको इटहरी र धरान उपमहानगरपालिका क्षेत्रमा बृहत् रयालीसहित भगवान् गौतम बुद्धको जयन्ती मनाइएको छ । बौद्धमार्गीको विशाल सहभागितामा बाजागाजासहित बुद्ध जयन्ती मनाइएको छ ।
बुद्ध गुम्बा इटहरी तमु सेवा समितिबाट निकालिएको विशाल जनसहभागितासहितको रयालीले इटहरी उपमहानगरपालिका क्षेत्रका परिक्रमा गरेर पुनःसोही गुम्बामा पुगेर समारोहमा परिणत भएको थियो ।
भगवान् गौतम बुद्धले अघि सार्नुभएको अहिंसा तथा सम्पूर्ण जीवजन्तु र मानव कल्याणका पक्ष दिनु भएको बुद्ध शान्ति सन्देशलाई सबै मानिसले अनुशरण गर्न सकेको अवस्थामा मानव सभ्यता साँच्चै सुन्दर हुने विभिन्न वक्ताले सहभागीलाई स्मरण गराउनुभयो ।
होमबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा केशरमान गुरुङ, मीनाकुमारी गुरुङ, देवबहादुर श्रेष्ठ, चन्द्र गोम्देन, जङ्गबहादुर तामाङ, रुद्रबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । उता धरानमा पनि बौद्धमार्गीको विशाल जनसहभागिता रहेको रयालीले धरान उपमहानगरपालिका क्षेत्रमा परिक्रमा गरेर बुद्ध जयन्तीलाई भव्यताका साथ मनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा