
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राजधानीमा आयोजित २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेललगायत अतिथिहरु । तस्बिर ः रोशन सापकोटा, रासस
लुम्बिनी (रुपन्देही), ८ जेठ । बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौँमा जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरिएको छ ।
घोषणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यहाँ २५६०औँ बुद्ध जयन्ती समारोहमा सार्वजनिक गर्नुभयो । ५० हजारभन्दा बढी स्वदेशी विदेशी पाहुना सहभागी भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले विश्वका २८ मुलुकका बौद्धमार्गी, बुद्धिजीवी र भिक्षुहरु सहभागी भएको सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्नुभएको हो ।
बौद्ध गोष्ठीमा सहभागीहरुले १० बुँदामध्ये एउटामा नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् ।
यो बुँदा पारित हुनु नेपाल र नेपालीका लागि सबैभन्दा उपलब्धिमूलक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयोे ।
घोषणापत्रको दोस्रो बुँदामा बुद्ध धर्म एसियाको मात्र ज्योति होइन, समग्र विश्वकै ज्योति हो, विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि उल्लेख गरिएको छ ।
यसैगरी, बुद्धत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने पनि घोषणापत्रमा उल्लेख छ । लुम्बिनी विकासको गुरुयोजना बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।
लुम्बिनी विश्वविद्यालयलाई सेन्टर अफ एक्सेलेन्स बनाउने १० बुँदेमा घोषणा भएको छ । त्यसैगरी, बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्युवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी, घोषणापत्रमा ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने कुरा पनि उल्लेख गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ति र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकारलगायतका काम गर्ने घोषणापत्रमा भनिएको छ । बौद्ध गोष्ठी तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्वान् तथा भिक्षु, भिक्षुणीलगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा नेपालसहित भारत, बङ्गलादेश, अस्ट्रेलिया, भुटान, कम्बोडिया, चीन, जर्मनी जापान, लिथुआनिया, मलेसिया, मङ्गोलिया, कतार, रोमानिया, दक्षीण कोरिया, श्रीलङ्का, स्विट्जरल्यान्ड, थाइल्यान्ड, टर्की, बेलायत, अमेरिका, भियतनामका विद्वान् र भिक्षुहरु सहभागी थिए ।
गोष्ठीमा भारतबाट नौजनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट नौ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट सातजना गोष्ठीमा भाग लिन आएका थिए । बुद्ध जयन्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा