काठमाडौँ, ८ जेठ । नेपालको वनस्थली डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगितामा वनस्थली आठ स्वर्ण, दुई रजत र समान काँस्य जित्दै ‘टिम च्याम्पियन’ बनेको हो ।
नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीद्वारा आयोजित प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र २९ काँस्य जितेको भारत दोस्रो भयो ।
त्यस्तै, तेस्रो स्थान हासिल गरेको श्रीलङ्काले समान एक–एक स्वर्ण, रजत र काँस्य हात पारयो । चौथोमा चित्त बुझाएको बङ्गलादेशले एक रजत र दुई काँस्य मात्र प्राप्त गरयो ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ भारतका बङ्गराम टुङ्गी तथा महिलामा नेपालकी मनमैंजु डोजोकी अञ्जली राई उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै, पुरुषमा नेपालको नवशान्ति डोजोका मनिष खड्का तथा महिलामा भारतकी ललिता उदीयमान खेलाडी चुनिए । नेपालको रोल्पा डोजोले अनुशासित टोलीको उपाधि हात पारयो ।
विजेतालाई सांसद भीमसेनदास प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा नेपालबाट ३७१, भारतबाट ६२, बङ्गलादेश र श्रीलङ्काबाट समान तीन तथा पाकिस्तानबाट दुई गरी जम्मा ४३२ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
राई ७५ केजीमा लिटिल एन्जल्सका विपेनराज दोर्जे, ८० केजीमा ठमेलका लक्ष्मण बस्नेत तथा ६५ केजीमा घन्टाघरका रोशन बलामीले पहिलो स्थान हात पारेको रेफ्री संयोजक एवम् आठौँ र नवौँ सागका स्वर्णधारी दीपक श्रेष्ठले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा