काठमाडौँ, ८ जेठ । नेपालको वनस्थली डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगितामा वनस्थली आठ स्वर्ण, दुई रजत र समान काँस्य जित्दै ‘टिम च्याम्पियन’ बनेको हो ।
नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीद्वारा आयोजित प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र २९ काँस्य जितेको भारत दोस्रो भयो ।
त्यस्तै, तेस्रो स्थान हासिल गरेको श्रीलङ्काले समान एक–एक स्वर्ण, रजत र काँस्य हात पारयो । चौथोमा चित्त बुझाएको बङ्गलादेशले एक रजत र दुई काँस्य मात्र प्राप्त गरयो ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ भारतका बङ्गराम टुङ्गी तथा महिलामा नेपालकी मनमैंजु डोजोकी अञ्जली राई उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै, पुरुषमा नेपालको नवशान्ति डोजोका मनिष खड्का तथा महिलामा भारतकी ललिता उदीयमान खेलाडी चुनिए । नेपालको रोल्पा डोजोले अनुशासित टोलीको उपाधि हात पारयो ।
विजेतालाई सांसद भीमसेनदास प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा नेपालबाट ३७१, भारतबाट ६२, बङ्गलादेश र श्रीलङ्काबाट समान तीन तथा पाकिस्तानबाट दुई गरी जम्मा ४३२ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
राई ७५ केजीमा लिटिल एन्जल्सका विपेनराज दोर्जे, ८० केजीमा ठमेलका लक्ष्मण बस्नेत तथा ६५ केजीमा घन्टाघरका रोशन बलामीले पहिलो स्थान हात पारेको रेफ्री संयोजक एवम् आठौँ र नवौँ सागका स्वर्णधारी दीपक श्रेष्ठले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा