
काठमाडौँ, ७ जेठ । विश्वमा शान्ति र अहिंसाका परिकल्पनाकार एवम् प्रतिपादक शाक्यमुनि गौतमबुद्धले नेपालमै बुद्धत्व प्राप्त गरेको विभिन्न विद्वानले बताउनुभएको छ ।
तत्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका सुपुत्रका रुपमा लुम्बिनीमा जन्मेका बुद्धको जन्मको विषयलाई लिएर विभिन्न भ्रम फैलाउन विदेशीले विभिन्न प्रयत्न गरिरहेका बेला बुद्धत्वसमेत नेपालमा नै प्राप्त भएको विद्वानले तर्क प्रस्तुत गर्नुभएको छ ।
नेपालमा २५६०औँ बुद्धजयन्तीका सन्दर्भमा बिहीबारदेखि दुई दिनसम्म जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी विद्वान एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले शाक्यमुनि सिद्धार्थ गौतमले बुद्धत्वको भावना भएकै कारणले श्रीपेच, दरबार, परिवार र वैभव त्याग गरी थप ज्ञानको खोजीमा हिँडेको बताउनुभयो ।
छिमेकी राष्ट्र भारतले कृत्रिम लुम्बिनीको संरचना रचेर पनि अन्तर्राष्ट्रियजगत्लाई भ्रम फैलाएको समाचार आइरहेको अवस्थामा बुद्धले नेपालमा नै बुद्धत्व प्राप्त गरेको खबरले नेपाल र नेपालीको गौरव र प्रतिष्ठाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा महत्व पाएको छ ।
बौद्ध धर्मावलम्बीले बुद्धको जन्मस्थान लुम्बिनी (नेपाल), उनले ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्ध भएपछि पहिलोपटक ज्ञानको प्रवाह गरेको (धर्मचक्र प्रवर्तन) स्थान सारनाथ र मुक्ति प्राप्त (महापरिनिर्वाण) स्थान कुशीनगर (भारत) लाई पवित्र तीर्थस्थलका रुपमा इतिहासमा अङ्कित छ । राज्य निर्माणका लागि विभिन्न समयको कालखण्डमा विभिन्न शासकबाट भएका प्रयत्नका कारण अहिले लुम्बिनी बाहेकका तीनवटै क्षेत्र भारतमै पर्ने भएकाले पनि लुम्बिनी क्षेत्रलाई विवादमा ल्याउने प्रयास भारतबाट हुँदै आएको विभिन्न विद्वानको भनाइ छ ।
तत्कालीन समयमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायतको इतिहासलाई बिर्सन हुँदैन । त्यस समयमा पनि त्यहाँ देखिएका विवाद र सिद्धार्थको कौतुहलताका कारण उनले ज्ञानको खोजी गर्ने क्रममा बोधगया पुगेर ६ वर्ष निरन्तर तपस्या तथा ध्यान गरी बुद्ध बन्नुभएका र त्यसपछि संसारलाई आफूले जानेको ज्ञानको प्रचार गरेका कारण विश्वमा मानव समुदायका दार्शनिकका रुपमा पहिचान बनाएको भिक्षु आनन्दले बताउनुभयो । उहाँले बुद्धत्वको चरण पार नगरीकन बुद्ध बन्न नसकिने धारणा राख्नुभयो ।
उनका अनुयायीले बौद्ध दर्शनलाई थप प्रचार–प्रसार गरी व्यापक बनाए । अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल आउने बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा लुम्बिनीलाई विकास गर्न भने सकिएको छैन । त्यहाँको पूर्वाधार विकासमा विभिन्न योजना बनेको भए पनि सफलतापूर्वक कार्यान्वयन हुन नसक्नु नै अहिले ठूलो चुनौती बनेको लुम्बिनी फाउन्डेसनका अध्यक्ष सिद्धार्थ गौतमले बताउनुभयो ।
लुम्बिनीको पूर्वाधार विकासका लागि लुम्बिनी विकास कोष तथा प्राज्ञिक उन्नयनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसमेत स्थापना गरिएको छ । त्यस क्षेत्रको विकासका लागि अन्य गैरसरकारी संस्थाको समेत चासो बढेको छ । समाजमा अहिंसाको मार्ग र शान्ति कायम गराउनका लागि विभिन्न नैतिक शिक्षामा जोड दिने बौद्ध दर्शनको अध्ययन, अनुसन्धान तथा खोजी त्यस धर्मका अनुयायीका लागि मात्र नभएर अन्य धर्मावलम्बीलाई समेत प्रेरणाको स्रोत बन्नेछ ।
अन्तर्राष्ट्रिय युवा भिक्षु महासङ्घका उपाध्यक्ष बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मले सिद्धार्थले जन्म र बुद्धत्व नेपालमा नै प्राप्त गरेको बताउँदै संसारलाई सूक्ष्मरुपमा चिन्ने तथा हेर्नेजस्ता थप ज्ञान लिन बोधगया गएको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा बुद्ध जन्मेको हो भन्ने यथार्थले मात्र अब नपुग्ने, बुद्धत्व प्राप्त गरेको नेपालको स्थानको समेत खोजी, अनुसन्धान गर्नुपर्ने र प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल