
नवलपरासी, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी केही समयअघि लुम्बिनी आइपुग्नुभएको छ । हेलिकप्टरबाट अपरान्ह १२ बजेतिर लुम्बिनी आइपुग्नुभएका राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजाअर्चना गर्ने कार्यक्रम छ ।
पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि त्यसतर्फ जनुहुनेछ ।
२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न आज यसतर्फ आउनुभएको हो ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीले आज भगवान् गौतम वुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुभयो ।
उहाँले मन्दिर परिसरको अवलोकन गर्नुका साथै यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ्ले बृहद लुम्बिनीको गुरुयोजनाबारे जानकारी गराउनुभएको थियो ।
एक हजार १५६ वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनीको अवस्था अवलोकन गर्दै उहाँले यसको विकास तथा संरक्षणबारे चासो राख्नुभएको थियो । राष्ट्रपति भण्डारी अहिले कपिलवस्तुको तिलौराकोटतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भोलि हुने बुद्ध जयन्ती समारोहमा भाग लिन लुम्बिनी आउनुभएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा