
काठमाडौँ, ५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उद्घाटन गर्नुभएको छ ।
विश्रामगृहको उद्घाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न साँधुरो भएकाले फराकिलो ठाउँमा विश्राम गृह बनाइएपछि यात्रुलाई आवतजावतमा सहजता हुने बताउनुभयो ।
रु ११ करोड ५६ हजार ६८० को लागतमा निर्माण गरिएको विश्रामगृहमा प्रस्थान, आगमन र कार्गो गरी तीन कक्ष रहेका छन् ।
विमानस्थलका नागरिक उड्डन प्राधिकरण कार्यालयका सिभिल इन्जिनियरिङ महाशाखाका उपनिर्देशक मुरारी भण्डारीले सन् २०१३ बाट सुरु गरिएको विश्राम गृह भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष ढिलो सम्पन्न भएको बताउनुभयो ।
विश्राम गृहको प्रस्थान कक्षमा २० वटा एयरलाइन्सका काउण्टर, सुरक्षा चेक कक्ष, विमानस्थल कार्यालय, टिकट कक्ष, ब्यागेज कक्ष र एटिम काउण्टर रहेका छन् भने आगमन कक्षमा ब्यागेज कक्ष, पसल, टेलिफोन बुथ र रेस्टुराँ रहेको छ ।
प्राधिकरणको आफ्नै लगानीमा निर्माण गरिएको विश्राम गृह दुई हजार २०० वर्गमिटरमा फैलिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते