
काठमाडौँ, ५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उद्घाटन गर्नुभएको छ ।
विश्रामगृहको उद्घाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न साँधुरो भएकाले फराकिलो ठाउँमा विश्राम गृह बनाइएपछि यात्रुलाई आवतजावतमा सहजता हुने बताउनुभयो ।
रु ११ करोड ५६ हजार ६८० को लागतमा निर्माण गरिएको विश्रामगृहमा प्रस्थान, आगमन र कार्गो गरी तीन कक्ष रहेका छन् ।
विमानस्थलका नागरिक उड्डन प्राधिकरण कार्यालयका सिभिल इन्जिनियरिङ महाशाखाका उपनिर्देशक मुरारी भण्डारीले सन् २०१३ बाट सुरु गरिएको विश्राम गृह भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष ढिलो सम्पन्न भएको बताउनुभयो ।
विश्राम गृहको प्रस्थान कक्षमा २० वटा एयरलाइन्सका काउण्टर, सुरक्षा चेक कक्ष, विमानस्थल कार्यालय, टिकट कक्ष, ब्यागेज कक्ष र एटिम काउण्टर रहेका छन् भने आगमन कक्षमा ब्यागेज कक्ष, पसल, टेलिफोन बुथ र रेस्टुराँ रहेको छ ।
प्राधिकरणको आफ्नै लगानीमा निर्माण गरिएको विश्राम गृह दुई हजार २०० वर्गमिटरमा फैलिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा