
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत सोमबार अनामनगरमा धर्ना बसेका राजेन्द्र महतो लगायत गठबन्धनका शीर्ष नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ५ जेठ । सङ्घीय गठबन्धनले बिहीबारदेखि काठमाडौँ केन्द्रित थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
गठबन्धनले आज रत्नपार्कमा आयोजना गरेको सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । भोलि बिहीबार मङ्गलबजार, ७ गते नयाँबानेश्वर, ८ गते स्वयम्भू, ९ गते चाबहिल, १० गते कीर्तिपुर, ११ गते भक्तपुर, १२ गते बालाजु, १३ गते कलङ्कीचोक, १४ गते मध्यपुरथिमीमा विरोधसभा गर्ने गठबन्धनका संयोजक उपेन्द्र यादवले घोषणा गर्नुभयो ।
काठमाडौँ केन्द्रित आन्दोलनको समर्थनमा १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि विरोधसभा गरिने भएको छ । आन्दोलन घोषणा गर्दै संयोजक यादवले ३६ पटक सरकारसँग वार्ता गर्दा पनि समस्याको समाधान नभएपछि राष्ट्रियता बलियो बनाउन आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो ।
“जनताको अधिकार प्राप्तिका लागि गरिएको शान्तिपूर्ण अहिंसात्मक आन्दोलनलाई सेना, प्रहरी र कानुन कसैले पनि रोक्न सक्दैन, पृथ्वीनारायण शाहले भूगोल एवम् प्रशासनिक रुपमा एकीकरण गरेको नेपाललाई भावनात्मक रुपमा एकीकृत बनाउन यो आन्दोलन सुरु गरेका हौँ”–उहाँले भन्नुभयो ।
सङ्घीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सङ्घीय सहअस्तित्वले मात्र मुलुकको रक्षा गर्नसक्ने बताउनुभयो । “नेपाल बाहिर नेपालको अस्तित्व सङ्कटमा परेकाले नेपालीको पहिचान कायम गर्न आन्दोलन गरेका हौँ” – उहाँले भन्नुभयो ।
सभामा गठबन्धनका नेता लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव, अनिल झा, डा आभाष लाभ, डा ओम गुरुङ, मनरत्न शाक्य, पर्शुराम तामाङलगायतका वक्ताले पहिचानसहितको १० प्रदेश निर्माण गर्ने गरी संविधानको पुनर्लेखन गर्न माग गर्नुभएको थियो ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]