अमेरिका, दक्षिण कोरिया र जापानले पहिलो संयुक्त क्षेप्यास्त्र विरोधी अभ्यास गर्ने

0,,17783754_303,00

सोेल, ३ जेठ । अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यकासाथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्र विरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन् ।
सोलको रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको सेनाले प्रशान्त महासागरको किनारास्थित हवाईमा गर्दै आएको सामुद्रिक सुरक्षा अभ्यासक्षेत्र नजीकै पानीभित्र जुन २८ मा गरिने उक्त अभ्यासमा उत्तरले गर्नसक्ने सम्भावित क्षेप्यास्त्रहरूलाई पत्ता लगाउन तालिम दिइने छ । तर क्षेप्यास्त्र रोक्ने अभ्यास भने नगरिने, दक्षिण कोरियाले बताएको छ ।
सैन्य अभ्यासमा अमेरिकाले क्षेप्यास्त्रसहितको विमानलाई सामुद्रिक इलाकामा उडाएको अभिनय गर्ने छ ।
तालिममा सहभागी सेनाले त्यसलाई पत्ता लगाउने र निगरानी राख्ने अभ्यास गर्नेछन् , दक्षिण कोरियाली समाचार संस्था योन्यापले बतायो ।
तीन देशबीच गरिन लागेको अभ्यासबारे अमेरिका, जापान र दक्षिण कोरियाको त्रिपक्षीय सैन्य बैठकका क्रममा प्रस्ताव गरिएको अधिकारीले बताए ।
प्योङयाङले एक महिना पहिले गरेको चौंथो क्षेप्यास्त्र परिक्षण र केही गोप्य रुपमा गरिएका भनिएका हतियार परिक्षणपछि गरिएको एउटा रकेट प्रक्षेपणपछि संयुक्त राष्ट्रसंघ लगायत विश्व समुदायले उत्तरका लगातारका हतियार परिक्षणप्रति चासो ब्यक्त गरेको छ ।
यस विरुद्ध कडा कदम चालिनुपर्ने विश्व समुदायले दवाव दिएपछि अहिले प्योङयाङविरुद्ध आर्थिक नाकावन्दी लगाइएको छ ।
वर्तमान संयुक्त राष्ट्रसंघको संकल्प प्रस्तावले प्योङयाङलाई क्षेप्यास्त्र सम्बन्धि प्रविधिको प्रयोग गर्न निषेध गरेको छ ।
तर प्योङयाङले भने उक्त प्रावधानको बर्खिलापमा गएको अप्रिलमा छोटो तथा लामो दुरीका केही सफल तथा केही असफल परिक्षणहरू गरेको थियो ।
उत्तर कोरियाले आणबिक प्रबिधिमा केही उल्लेख्य उपलब्धि हाँसिल गर्न सफल भएको भन्दै आफू अमेरिकी भूमिमा आक्रमण गर्न सक्षम रहेको दावी गर्दैै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री