
भक्तपुर, ४ जेठ । ठिमीस्थित मध्यपुर अस्पतालमा जिल्लामै पहिलो पटक बोन म्यारो(अस्थि मज्जा)को उपचार सेवा सुरु भएको छ ।
अस्पतालले आज आयोजना गरेको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले एकैसाथ अस्थि मज्जा, मुटु रोग र मिर्गौला उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “यस अस्पतालले जिल्लामै पहिलो पटक बोन म्यारोको उपचार सेवा सुरु गरेको छ, अब बोन म्यारोको परीक्षण एवम् उपचार गर्न अन्यत्र जानु पर्दैन ।”
बोन म्यारो उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर एवम् हाडजोर्नी विशेषज्ञ डा रामकृष्ण श्रेष्ठ, डा शिक्षाप्रकाश श्रेष्ठ सहितको टोलीले २४सै घन्टा सेवा दिने छ । त्यसैगरी अस्पतालले आजैदेखि मुटुरोग सेवा समेत सुरु गरेको छ । चार मुटुरोग विशेषज्ञको टोलीद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिइने छ ।
मुटुरोगको शल्यक्रियाभन्दा अगाडि मुटुको चाल लगायत मुटुसम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको छ । त्यसैगरी अस्पतालले मिर्गौला रोगको समेत उपचार सेवा सुरु गरेको छ । एक विशेषज्ञ सहितको टोलीले सो सेवा दिनेछ ।
मानिसको जीवनको नं १२०÷८०
मुटुरोग विशेषज्ञ डा सुमन्त बञ्जाडेले मानिसको जीवनको नं १२०÷८० भएको बताउनुभएको छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज मध्यपुर अस्पतालले जिल्लाभरका एम्बुलेन्स चालक र सञ्चारकर्मीका लागि आयोजना गरेको कार्यक्रममा डा बञ्जाडेले उच्च रक्तचापलाई १२०÷८० मै कायम राख्नुपर्ने सल्लाह दिनुभयो ।
यो नं बढेर उच्च रक्तचाप सुरु भएमा विभिन्न रोगले आक्रमण गर्ने बताउँदै उहाँले उच्च रक्तचापलाई हेलचेक्य्राइँ गर्दा ज्यानै जाने खतरा औँल्याउनुभयो । मिर्गौला रोग विशेषज्ञ डा सञ्जीव आचार्यले रोग कसरी लाग्छ, यसको उपचारमा के के गर्नुपर्छ भन्नेबारेमा जानकारी दिनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा