
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताउनुभएको छ ।
मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताउनुभयो । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उहाँले, भन्नुभयो– ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिनुभयो ।
उहाँले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराउनुभयो । ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उहाँले भन्नुभयो – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’
नेकपा(एमाले)का अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराउनुभयो ।
परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते