
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताउनुभएको छ ।
मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताउनुभयो । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उहाँले, भन्नुभयो– ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिनुभयो ।
उहाँले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराउनुभयो । ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उहाँले भन्नुभयो – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’
नेकपा(एमाले)का अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराउनुभयो ।
परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा