
काठमाडौँ, ३ जेठ । यही जेठ ६ र ७ गते हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी र जेठ ८ गते हुने २५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्तीको कार्यक्रमबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालस्थित कूटनीतिक नियोग पदाधिकारीलाई आज जानकारी गराउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले सिद्धार्थ गौतम बुद्धको जन्म विश्वशान्तिको कामना गर्दै बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएको बताउनुभयो । अन्तर्राष्ट्रिय गोष्ठीले गौतमबुद्ध नेपालको लुम्बिनी र कपिलवस्तु बुद्ध दर्शनको उद्गम थलो भएको प्रमाण सहित बृहत् छलफल गरी आएको निष्कर्षका रुपमा घोषणापत्र लुम्बिनीमा जारी गरिने मन्त्री पोखरेलले बताउनुभयो ।
छलफलमा नेपालका लागि चीन, जापान, म्यान्मा, बङ्गलादेश, श्रीलङ्का लगायत देशका राजदूत उपस्थित हुनुहुन्थ्यो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा