
संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत आइतबार सिंहदरबारको हनुमानथानमा धर्नामा बसेका राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादवलगायतका नेता तथा कार्यकर्ताहरु । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, २ जेठ । संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमले राजधानीको यातायात अस्तव्यस्त बनेको छ ।
आज बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो ।
सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाइरहेका छन् । धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी हुनुहुन्छ ।
सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य छन् । सिंहदरबार क्षेत्रमा आन्दोलनकारीको धर्नास्थलतर्फ जबर्जस्ती जान खोज्ने सवारीका कारण यातायातका साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।
सरकारले आन्दोलनकारीलाई आन्दोलन तथा विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न आग्रह गर्दै प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई हदैसम्मको कारबाही हुने जनाएको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि प्रदेश सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेसकेन्द्रित दलले सुरुमा नेपाल भारत सिमानामा आन्दोलन गरेका थिए । सिमानाको आन्दोलनले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भई जनताको दैनिकीमा कठिनाइ भएको बताई गठबन्धनले सिंहदरबारकेन्द्रित आन्दोलन गरेको जनाएको छ ।
यसअघि गठबन्धनले शनिबार राजधानीको ठमेलमा आमसभा गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते