काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।
कामपासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ७०० टनसम्म फोहर उत्पादन हुने गरेको छ । सिसटोल ल्यान्डफिल साइडमा दैनिक ६५० टन फोहर व्यवस्थापन हुँदै आएको कामपाका वातावरण महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ ले नै फोहर व्यस्थापनका लागि कुहिने र नकुहिने फोहर उत्पादन हुने स्रोतबाट नै व्यवस्थापन गरिनुपर्छ । पछिल्लो समय कामपाले केही वडामा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्ने कार्यलाई समेत अघि बढाएको छ ।
काठमाडौँको फोहर व्यवस्थापनका लागि दैनिक १०० वटा गाडी प्रयोग हुने गरेको छ । सिसटोलमा फोहर लानका लागि ठूला ट्रक २० वटा, त्यसैगरी ४० देखि ५० वटा गाडी दैनिकरुपमा कामपाको फोहर सङ्कलनका लागि प्रयोग हुने गरेको र अन्य केही सफाइ प्रयोजनका लागि पानीको ट्याङ्की प्रयोग हुने गरेको छ ।
यसैबीच कामपाले फोहरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।
बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।
यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो ।
दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्यनन भइरहेको कामपाले जनाएको छ । सरकारले पनि फोहरमैलाको दिगो व्यवस्थापनका लागि एकीकृत सहरी फोहरमैला व्यवस्थापन परियोजनालाई स्वीकृत गरिसकेको छ ।
“प्रत्येक व्यक्ति वा संस्थाको आफ्नो वरिपरि रोपेको बोटबिरुवा र गमलाको संरक्षण गर्ने र फोहरको पनि व्यवस्थापन गर्र्नु अबको आवश्यकता हो,” प्रमुख गौतमले भन्नुभयो ।
युरोपियन युनियन र महानगरले संयुक्तरुपमा करिब रु दुई करोड लगानी गरी बिजुली निकालिने र सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ । महानगरले टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुने जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा