
मेलम्ची, ३१ वैशाख । भूकम्पपछि काभ्रेको पहरी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा रहेको तामाङ समुदायमा भूकम्प प्रतिरोधात्मक एकीकृत नमुना बस्ती निर्माण गर्न लागेका छन् ।
कमजोर आर्थिक अवस्था भएका र अति पछाडि परेको समुदायलाई प्रोत्साहनस्वरुप गिरानचौरको तामाङ समुदायमा एक सामुदायिक हलसहित ६५ घर निर्माण गर्न लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो । कट्टेलका अनुसार ६५ घरपरिवारका ५१५ जना आश्रित हुने गरी गत बुधबारदेखि उक्त बस्तीमा निर्माण कार्य सुरु गरिएको हो ।

ग्रिन सिटी र क्लिन सिटीको अवधारणाअनुसार बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बस्ती निर्माण गर्ने कट्टेलले बताउनुभयो । आफ्नो कोषमा रु एक लाख ७४ हजार हँुदा आर्थिक स्थिति कमजोर भएका भूकम्पपीडितलाई सहयोग गर्ने हेतुले विभिन्न दाताबाट आर्थिक सङ्कलन गर्दै आँट र हिम्मतका साथ अगाडि बढेको उहाँले बताउनुभयो । अहिलेसम्मको आँकलनअनुसार एउटा सामुदायिक भवन निर्माणमा रु १५ लाख देखि २० लाख लाग्ने र प्रतिघर निर्माणमा रु छ लाख ९० हजारको लागतमा ६५ घरको रु चार करोड ४८ लाख ५० हजार लाग्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बतउनुभयो ।
उक्त घर निर्माणमा स्थानीयवासीको साथ र सहयोगमा आफूसमेत श्रममा संलग्न रहने कलाकार धुर्मुस–सुन्तलीले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँगको समन्वयमा ६५ घर निर्माण गर्न थालिएको उक्त बस्तीको आगामी असोज १५ गते घटस्थापनामा हस्तान्तरण गर्नेगरी निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कट्टेलले बताउनुभयो ।
त्यसैगरी, यही जेठ १ गते शनिबारको दिन मेलम्ची नगरपालिकाको पहलमा नगर भित्रका केही युवा लगायतका समूहले समेत उक्त निर्माणाधीन एकीकृत बस्तीको निर्माणमा श्रम तथा सहयोग गर्ने कार्यक्रम रहेको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते