
काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपाल भ्रमणमा रहनुभएका चीनका सञ्चारमन्त्री क्वाई फुचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित, पारस्परिक सहयोगलगायत विषयमा छलफल भएको थियो ।
भेटमा दुई देशबीचका सञ्चारमाध्यमको सहकार्य र विकास तथा पत्रकारहरुको भ्रमण आदानप्रदानलगायत विषयमा छलफल भएको थियो ।
दुई देशबीचको सूचना प्रविधि आदान प्रदान, प्रेस, फिल्म र टेलिभिजनलाई कसरी साझेदारीका साथ प्रवद्र्धन गर्ने भन्नेबारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार गोपाल खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले चिनियाँ मन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध विकासमा थप सहयोग पुगेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिको अनुभव र सहयोगबाट नेपालको आधुनिकीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकाले चिनियाँ सञ्चारमाध्यममार्फत चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौँ । हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौँ ।”
प्रधानमन्त्रीले विभिन्न माध्यमबाट नेपाल–चीनबीचको कनेक्टिभिटी रहेको र हिजो मात्र नेपाल र चीनबीच अप्टिकल फाइबरको सञ्जाल स्थापित भएको बताउनुभयो ।
उहाँले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारीको कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले एक उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चिनियाँ सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो । उहाँले भूकम्पका बेला चीन सरकारले पु¥याएको सहयोग र अहिले पुनःनिर्माणमा पुरयाइरहेको सहयोगको प्रशंसा पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले चीनले लिएको ‘एक क्षेत्र एक मार्ग’को नीतिले चीनको मात्र होइन, छिमेकीको समेत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले निकट भविष्यमा चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल सरकार र नेपाली जनता प्रतीक्षारत रहेको पनि बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटका अवसरमा चीनका सञ्चारमन्त्री फुचाओले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै चीनको सिसिटिभीले सात शृङ्खला लामो ‘नेपाल जाऔँ’ भन्ने वृत्तचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाँको आकर्षण बढाएको बताउनुभएको थियो ।
उहाँले गत चैतमा प्रधानमन्त्रीले गर्नुभएको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारीको व्यवहारमा कार्यान्वयन गर्नका लागि पनि आफ्नो भ्रमण केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्री फुचाओले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला चीनका राष्ट्रपतिसँग भएको भेटवार्ताले भविष्यमा दुई देशको सम्बन्धलाई थप विस्तार र विकास गर्न मद्दत पुगेको पनि उल्लेख गर्नुभएको थियो ।
सो क्रममा चिनियाँ सञ्चारमन्त्रीले दुई देशका सञ्चार क्षेत्रको विकास, नेपालको सञ्चार क्षेत्रको पूर्वाधार विकासमा सहयोग, तालिम र भ्रमण आदान प्रदानका लागि चीन सरकार नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा