
काठमाडौँ,३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोरयाउनुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’ (पिडिआरएफ) को खाका आज सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सबै निजी घर निर्माण गरिने बताउनुभयो ।
भूकम्प प्रभावित जनतालाई व्यस्थापन गर्ने क्रममा अशक्त, महिला, बालबालिका, वृद्ध, बिरामीलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पिडिआरएफको खाकाअनुसार पुनःनिर्माण गरिने क्षेत्र र रकमकाबारेमा विस्तृत जानकारी गराउनुभयो ।
पिडिआरएफअनुसार पुनःनिर्माण सन् २०१६ देखि सुरु भई २०२० सम्म सम्पन्न हुने र योजनाअनुसार सामाजिक क्षेत्रमा रु ६ खर्ब ४५ अर्ब, उत्पादक क्षेत्रमा रु एक खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा रु ६१ अर्ब र सामाजिक सुरक्षामा रु २६ अर्ब गरी जम्मा रु ८ खर्ब ३८ अर्ब रकम विनियोजन गरिने बताउनुभयो ।
योजनाको खाकाले भूकम्पपश्चात्को पुनःनिर्माण तथा पुनःस्र्थापनाका निम्ति सम्बन्धित सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रका साथै दातृ समुदाय तथा सम्पूर्ण सरोकारवालालाई स्पष्ट मार्ग चित्र प्रदान गर्ने उहाँको धारणा थियो ।
योजनाले मूलतः पुनःनिर्माण तथा पुनःस्थापना कार्यका निम्ति आवश्यक पर्ने नीतिगत एवम् संरचनागत व्यवस्थाका साथै कार्यान्वयन प्रक्रिया तथा वित्तीय व्यवस्थापनका सम्बन्धमा मार्गदर्शन गरेको छ ।
यो योजना पिडिएनएका आधारमा तयार गरिएको हो । पिडिएनए प्रतिवेदन मूलतः क्षतिको अवस्था आँकलन गर्ने र सबैको सहयोग जुटाउन सहयोगी होस् भन्ने उद्देश्यले तयार पारिएको थियो भने यो योजनाको संसद्द्वारा किटान गरिएको समयावधिभित्र के कसरी योजनाको कार्यान्वयन गर्ने भन्ने कुरामा केन्द्रित छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते