
काठमाडौँ, ३० वैशाख । भोलि शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् ।
यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये हालसम्मकै राम्रो व्यापार गरेको चर्चा छ । त्यसताका ‘कोहिनूर’ देशैभरि करिब ६५ हलमा प्रदर्शन भएको थियो भने ‘के म तिम्रो होइन र’ अझ बढेर ७५ भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ ।
आर्यन अधिकारी र करिष्मा पोखरेलले नायक नायिकाको रुमी ‘डेब्यू’ गरेको यो चलचित्रमा दुवैले राम्रो चर्चा पाइसकेका छन् । चलचित्रमा सङ्गीत वसन्त सापकोटा र ताराप्रकाश लिम्बूले दिएका छन् र केही गीतले प्रदर्शनअघि नै चर्चा पाइसकेका छन् । सुरेश अधिकारीले निर्माण गरेको चलचित्रमा प्रज्वलसुजल गिरी, गौरी मल्ल, मिथिला शर्मा आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
हरेक कोणबाट राम्रो चलचित्र बनेको हुनाले ‘के म तिम्रो साथी होइन र’ले राम्रो व्यापार गर्ने आशा गरिएको वितरक करण श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, माधव खरेलले निर्देशन गरेको चलचित्र ‘विरानो माया’मा पनि श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा विसी आदि स्थापित नभएका कलाकारले अभिनय गरेका छन् । मीलन लामा र सावित्री अधिकारीको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम कथा’लाई आधार बनाएर नेपाली मौलिक भाषा र संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक खरेलले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा