
काठमाडौँ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको छ ।
आर्थिक वर्ष २०५८÷५९ देखि आव २०७२÷७३ सम्मको अवधिको आय हेर्दा तलब भत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी लामाको कुल सम्पत्ति रु २० करोड ३४ लाख ४१ हजार ८२१ हुने देखिन्छ ।
तर घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, ऋण सापटी, साँवा ब्याजलगायत पेस गरेको सम्पत्ति विवरण समेतबाट लामाको आयआर्जन गरेको रकम रु २९ करोड ७९ करोड १४ लाख देखिएको छ । निलम्बित सांसद लामाको आयव्यय विवरणमा फरक परेको रु नौ करोड ४४ लाख ७२ हजार १७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जिकिर आयोगको छ ।
आयोगको टोलीले गत फागुन १४ गते दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरबाट १४ थान गोलीसहित लामालाई पक्राउ गरेको थियो । सो प्रकरणसँगै लामालाई ठगी मुद्दा पनि लागेको थियो । त्यतिखेर लामा धरौटीमा छुटेका थिए ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता