
काठमाडौँ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको छ ।
आर्थिक वर्ष २०५८÷५९ देखि आव २०७२÷७३ सम्मको अवधिको आय हेर्दा तलब भत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी लामाको कुल सम्पत्ति रु २० करोड ३४ लाख ४१ हजार ८२१ हुने देखिन्छ ।
तर घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, ऋण सापटी, साँवा ब्याजलगायत पेस गरेको सम्पत्ति विवरण समेतबाट लामाको आयआर्जन गरेको रकम रु २९ करोड ७९ करोड १४ लाख देखिएको छ । निलम्बित सांसद लामाको आयव्यय विवरणमा फरक परेको रु नौ करोड ४४ लाख ७२ हजार १७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जिकिर आयोगको छ ।
आयोगको टोलीले गत फागुन १४ गते दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरबाट १४ थान गोलीसहित लामालाई पक्राउ गरेको थियो । सो प्रकरणसँगै लामालाई ठगी मुद्दा पनि लागेको थियो । त्यतिखेर लामा धरौटीमा छुटेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा