
विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताउनुभयो ।
आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उहाँले जेठ २ गतेदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार गरयो भने जनताले प्रतिकार गर्ने स्पष्ट पार्नुभयो ।
सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु भनेको सङ्घीयतालाई समाप्त पार्ने कार्य हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”
उहाँले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग