
चितवन, २५ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भटृराईले पछिल्लो समयमा राजनीतिक दलहरु सत्ताको पछि लागेका कारण देशले निकास पाउन नसकेको बताउनुभएको छ ।
नयाँ शक्ति नेपाल, चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले दलहरुको सत्ता मोहले लोकतन्त्र पनि गुम्ने खतरा बढेको उल्लेख गर्नुभयो ।
दलहरु जालझेल गरेर सत्तामा पुग्ने मात्र दाउमा रहेको भन्दै उहाँले राजनीतिक स्थिरताले मात्रै देशको विकास हुने बताउनुभयो । सत्ता र शक्तिको दाउमा लागेका दलहरुले राजनीतिक स्थिरता कायम हुन नसक्ने भएकाले दलहरु जनताप्रति बफादार हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेता भट्टराईले अहिले राजनीतिक दलका नेताले जनतालाई झुक्याउने काम गरेको आरोपसमेत लगाउनुभयो ।
अरुलाई गाली गर्दैमा राष्ट्रबाद नहुने भन्दै उहाँले दलका नेताहरुलाई देश र जनताको समस्या समाधानका लागि लागिपरेर समस्या समाधान गर्न आग्रहसमेत गर्नुभयो ।
सभालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनाल, करिश्मा मानन्धर, बलावति शर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक