बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०२:४६ | UK Time: 22:01

सरकारको नीति तथा कार्यक्रममा केही थपघट

वीनेपाली
२०७३ वैशाख २४ गते १७:०९

Office-of-he-Prime-Minister-of-Nepal

काठमाडौँ, २४ वैशाख । बिहीबार पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा आज केही थपघट भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार छुटेका केही विषयलाई थपघट गरेको बैठकपछि उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “बिहीबार नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा पारित भएकोमा छुटेका विषयलाई फेरि एक पटक छलफल गरी सम्पूर्ण बुँदा हेरेर त्यसलाई अन्तिम रुप दिइएको छ ।”

उहाँले बिहीबार राजनीतिक दलबीचको छलफल र अबेर रात परेका कारण आज थप छलफल गर्नुपरेको स्पष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वैशाख २६ मा प्रस्तुत हुने विषयमा समेत मन्त्रिपरिषद्मा छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक