
राष्टिय पत्रकारिता पुरस्कार“२०७२ बाट पुरस्कृत किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार सम्मान २०७२ बाट सम्मानित डा सुरेश आचार्य, शिव गाउँले र ओम शर्मासँग राष्टपति विद्यादेवी भण्डारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २४ वैशाख । सरकारले नेपाल पत्रकार महासङ्घका दुई पूर्वसभापति र एक पूर्वमहासचिवलाई आज वरिष्ठ पत्रकार सम्मान दिएको छ । ‘वरिष्ठ पत्रकार सम्मान–२०७२’ पाउनेमा महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र शिव गाउँले र तथा महासङ्घका पूर्व महासचिव ओम शर्मा हुनुहुन्छ ।
त्यस्तै ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२’ ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । ती सम्मानका साथ जनही रु दुई लाख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान दिँदै सरकारले पत्रकारलाई गरेको सम्मानले सिङ्गो पत्रकारितालाई अझै समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिले सरकार र पत्रकारिता क्षेत्रको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारले पछिल्लो पटक सञ्चारगृहलाई उद्योगका रूपमा मान्यता दिने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने र अनलाइन निर्देशिका ल्याउने लगायत काम गरेको जानकारी दिनुभयो ।
सम्मानितका तर्फबाट पत्रकार डा आचार्यले नेपाली पत्रकारिता क्षेत्रलाई अझै व्यावसायिक र संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा