
काठमाडौँ, २४ वैशाख । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् ।
विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो ।
तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ ।
उक्त नयाँ बेल्टको आज साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताउनुभयो ।
उहाँले देशकै प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार लागि परेको छ भन्नु भयो ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए