
काठमाडौँ, २३ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले सरकारबाट व्यवस्थापिकामा राष्ट्रपति मार्फत प्रस्तुत गरिने आव २०७३, ०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम यही वैशाख २६ गते अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका निम्ति सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ऐनको पहिलो संशोधन मस्यौदा पारित गरेको छ ।
निजगढ विमानस्थल आफ्नै स्रोत र लगानीमा
मन्त्रिपरिषद् बैठकले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका निम्ति जग्गा अधिग्रहण गर्ने र आफ्नै स्रोत र लगानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको मन्त्री पाण्डेयले बताउनुभयो । त्यस्तै न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० निर्धारण गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने