काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे आज छलफल भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको हो ।
एमाओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय सार्वजनिक गरिरहेको बेला काँग्रेस सभापति देउवा र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।
छलफलमा मुलुकमा पछिल्लो दिनमा विकसित राजनीतिक घटनाक्रमबारे नै छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
यस्तै एमाओवादी अध्यक्ष दाहाल र नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमबीच पनि आजै समसामयिक विषयमा छलफल भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा