काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे आज छलफल भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको हो ।
एमाओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय सार्वजनिक गरिरहेको बेला काँग्रेस सभापति देउवा र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।
छलफलमा मुलुकमा पछिल्लो दिनमा विकसित राजनीतिक घटनाक्रमबारे नै छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
यस्तै एमाओवादी अध्यक्ष दाहाल र नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमबीच पनि आजै समसामयिक विषयमा छलफल भएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग