
काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले दीपक पाठकलाई प्रेस काउन्सिलको सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज पाठकको नियुक्ति कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
गलत धन्दामा लागेका पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै पत्रकार रामकुमार एलनले सर्वोच्च अदालतमा मङ्लबार रिट निवेदन दायर गरेका थिए । आदेशमा सूचना तथा सञ्चार मन्त्रालयको यही वैशाख १७ गते गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउने भनिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले पाठकलाई यही वैशाख १७ गते काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान