
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विराटनगरमा बुधबार प्रथम महाधिवेशनका अवसरमा पुनः अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गराउँदै । तस्बिर ः प्रभाषचन्द्र झा, विराटनगर, रासस
विराटनगर, २२ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सो पार्टीको विराटनगरमा जारी अधिवेशनको तेस्रो दिन आज १०ः३० बजे उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावक र समर्थकमा पाँच पाँच जना छन् । प्रस्तावकमा सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिक, धनुषा अध्यक्ष उमाशङ्कर अरगरिया, काभ्रे अध्यक्ष गोविन्दबहादुर थापा, नवलपरासी अध्यक्ष सुभाष गिरी र केन्द्रीय सदस्य (काठमाडाँैं) बाबुराम पोखरेल हुनुहुन्छ ।
त्यसैगरी समर्थकमा चितवन जिल्ला अध्यक्ष जोखाप्रसाद चौंधरी, काठमाडाँैं अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, मोरङ अध्यक्ष भक्तिनाथ माझी, सुनसरी अध्यक्ष प्रदीप चौंधरी र केन्द्रीय सदस्य महेशदत्त रहनुभएको छ ।
सो अवसरमा पार्टी अध्यक्ष गच्छदारले सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक विधिबाट हुने निर्वाचनमा केन्द्रीय सदस्यमा पनि सर्वसम्मतिको प्रयास हुने र नभएको अवस्थामा मतदान हुने जानकारी गराउनुभयो ।
सो पार्टीका ४२ केन्द्रीय सदस्य पदको निर्वाचन हुन लागेकामा समावेशीतर्फ २१ र खुलातर्फ २१ पदका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । तीमध्ये आरक्षित पदमा मधेसीका चार, महिला, दलित (पहाडी), दलित (मधेसी), आदिवासी जनजाति (मधेसी) आदिवासी जनजाति (पहाडी), पिछडावर्ग र खसआर्यका लागि दुई दुई पद आरिक्षत गरिएको छ । एक पद कर्णाली क्षेत्रका लागि आरक्षित गरिएको सूचना अधिकारी सुनिलरञ्जन सिंहले जानकारी गराउनुभयो ।
अध्यक्षको उम्मेद्वारी दर्ता शुल्क रु २५ हजार र केन्द्रीय सदस्यको दर्ता शुल्क रु पाँच हजार निर्धारण गरिएको छ । केन्द्रीय सदस्य उम्मेवारी दिन खोज्ने कतिपय व्यक्तिले उम्मेदवारीको शुल्क बढी भएको प्रतिक्रिया दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा