लन्डन । लण्डनस्थित नेपाली दूतावासमा काठमाडौंको एउटा स्वयंसेवी समूह ‘टिच फर नेपाल’ ले प्रस्तुति दिने भएको छ । भोलि बुधबार सांझ ६ बजे कार्यक्रम तय भएको हो ।
संयुक्त राज्य अमेरिका तथा युरोपका विभिन्न मुलुकको भ्रमण पछि नेपालका लागि पढाऔं ‘टिच फर नेपाल’ का संस्थापक तथा प्रमुख कार्यकारी शिशिर खनाल तथा अर्का कार्यकारी शैलेन्द्र झा लण्डन आइपुगेका छन् ।
चार वर्ष अघि स्थापना भएको उक्त समूहले अहिलेसम्म एकसय भन्दा बढी स्नातक युवा, युवतीहरुलाई प्रशिक्षण दिई सिन्धुपाल्चोक, ललितपुर र धनुषा जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षकको रुपमा पठाइसकेको छ। ‘टिच फर नेपाल फेलो’ भनिने ती शिक्षकहरुले लगातार दुई वर्ष एउटै विद्यालयमा गणित, विज्ञान तथा अंग्रेजी विषय पढाउने गरेका छन्। यसबाट ती विद्यालयहरुमा पठनपाठनको गुणस्तर वृद्धि गर्न मद्दत पुगेको र खासगरी विपन्न समुदायका विद्यार्थीहरुको मनोबल बढेको खनालले बताए ।
सरकारले वर्षेनी सरकारी अनुदान प्राप्त विद्यालयहरुकालागि झण्डै ७० अर्व खर्च गरिरहेको भएपनि गुणस्तर भने अत्यन्त न्यून छ। सरकारले एक पैसा लगानी नगरेको निजी विद्यालयहरुका झण्डै ९० प्रतिशत विद्यार्थीहरु एसएलसी उत्तीर्ण हुने गरेका छन् भने सामुदायिक विद्यालयका ३० प्रतिशत जति विद्यार्थीहरुमात्रै एसएलसी उत्तीर्ण हुने गरेका छन् ।
सरकारको अरबौं लगानीका बावजुद शिक्षाको खस्कँदो गुणस्तरमा सुधार ल्याउन थालिएको स्वयम्सेवी अभियान ‘टिच फर नेपाल’ को अहिलेसम्मको अनुभवबारे चर्चा गर्न र उनीहरुलाई हौसला दिन भोलि अन्तर्कृया कार्यक्रम गर्न लागिएको कार्यक्रमका एकजना आयोजक किशोर सापकोटाले बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’