
काठमाडौँ, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठकले सरकारका असफलता र जनताले भोग्नुपरेको दुःख कष्टका बारेमा संसद्मा आवाज उठाउने भएको छ ।
काँग्रेस संसदीय दलको आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा पनि जनताले भोग्नुपरेको समस्याका बारेमा आवाज उठाउने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिनुभयो । संसद्को बर्खेे अधिवेशन मङ्गलबारदेखि सुरु भएको हो ।
सरकारले जनचाहनानुसार काम गर्न नसक्दा सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट असन्तुष्ट रहेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको विकल्पका रुपमा भने तयार रहेको जनाएको छ ।
भूकम्पपीडितका लागि विनियोजन भएको रकमको अत्यन्त सानो हिस्सा मात्र खर्च भएको र आउँदो वर्षा याम पनि भूकम्पपीडितको पालमुनि नै बास हुने भन्दै काँग्रेसले युद्धस्तरमा पुनःनिर्माणको काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले आन्दोलनरत मधेसकेन्द्रित दलसँग वार्ता गरी संविधान कार्यान्वयन गर्न सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै ती दलसँग संवाद गरी समस्या समाधान गर्न अग्रसरता लिने जानकारी नेता आचार्यले दिनुभयो ।
काँग्रेसले नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि मुलुकमा खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव कायम रहँदा सरकार मौन बसेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको छ ।
चालु आवको नौ महिनामा १८ प्रतिशतमात्र पुँजीगत खर्च भएको भन्दै काँग्रेसले विकास निर्माणका काम प्रभावकारी रुपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै मुलुकभर देखिएको खडेरीका साथै जङ्गलमा डढेलो नियन्त्रण हुन नसकेको तथा त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेको प्रति ध्यानाकर्षण गराउँदै डढेलो नियन्त्रण गर्न र पीडितलाई उचित राहत दिन सरकारसँग आग्रह गरिएको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा