जेनेभा, २० वैशाख । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको द्वन्द्व धेरै तवरबाट नियन्त्रण बाहिर रहेको र भङ्ग हुने अवस्थामा पुगेकोले यसलाई पुनः शुरुवात गराउन आगामी केही घण्टा कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार संयुक्त राष्ट्रसङ्घका सिरिया प्रतिनिधि स्टेफन डे मिस्टुरासँगको भेटपछि पत्रकारसँगको कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफ्नो रसियाली समकक्षी सर्गेइ लाभरोभलाई सोमबार फोन गर्ने र युद्धबिरामलाई जारी राख्ने दबाब दिन आग्रह गर्ने बताउनुभयो ।
तर केरीले युद्धबिरामलाई जारी राख्न सिरियालाई अनुरोध गर्ने भन्दै निराशाजनक टिप्पणीसमेत गर्नुभयो ।
पाँच वर्षदेखि सिरियामा रहेको गृहयुद्धलाई अन्त्य गर्न हरसम्भव प्रयास गर्ने बताउनु हुँदै आफूले युद्धबिरामलाई सफल पार्ने कुरामा भने बाचा गर्न सम्भव नभएको केरीको निराशाजनक टिप्पणी थियो ।
राष्ट्रसङ्घ प्रतिनिधि डे मिस्टुरासँगै उभिएका केरीले सिरियाको द्वन्द्वका कारण विश्वको चासो सिरियामा भएका बेला राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले धेरै तरिकाबाट नियन्त्रण बाहिर रहेको द्वन्द्वलाई मिस्टुराले युद्धबिराममार्फतसम्बोधन गर्न गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
अलेपोमा पछिल्ला दिनमा देखिएका हमलालाई सङ्केत गर्दै रसिया र अमेरिकी मध्यस्थता तथा संयुक्त राष्ट्रसङ्घको आह्वानमा भएको युद्धबिराम सिरियाका केही ठाउँमा भने जारी रहेको केरीले बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री बसर अल असदको सत्ताले अलेपोमा अवस्थित तीन स्वास्थ्य उपचार केन्द्र र एउटा मुख्य अस्पताललाई लक्षित गरी आक्रमण गरेको बताउँदै यसबाट त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी साथै बिरामीले जीवन गुमाउनु परेको जिकिर गर्नुभयो ।
अस्पताल तथा स्वास्थ्य केन्द्रमा भएका हमला अविवेकी भएकोले असदको सत्ताले यस्ता गतिविधिलाई तुरुन्त रोक्नुपर्ने बताउनुभयो ।
यसै सन्दर्भमा रसियाली विदेशमन्त्री लाभारोभले राष्ट्रसंघ प्रतिनिधि मिस्टुरालाई मंगलबार मस्कोमा भेटगरी छलफल गर्नुहुने भएको रसियाली विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । भेटपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उक्त मन्त्रालयले बताएको छ ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता