जेनेभा, २० वैशाख । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको द्वन्द्व धेरै तवरबाट नियन्त्रण बाहिर रहेको र भङ्ग हुने अवस्थामा पुगेकोले यसलाई पुनः शुरुवात गराउन आगामी केही घण्टा कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार संयुक्त राष्ट्रसङ्घका सिरिया प्रतिनिधि स्टेफन डे मिस्टुरासँगको भेटपछि पत्रकारसँगको कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफ्नो रसियाली समकक्षी सर्गेइ लाभरोभलाई सोमबार फोन गर्ने र युद्धबिरामलाई जारी राख्ने दबाब दिन आग्रह गर्ने बताउनुभयो ।
तर केरीले युद्धबिरामलाई जारी राख्न सिरियालाई अनुरोध गर्ने भन्दै निराशाजनक टिप्पणीसमेत गर्नुभयो ।
पाँच वर्षदेखि सिरियामा रहेको गृहयुद्धलाई अन्त्य गर्न हरसम्भव प्रयास गर्ने बताउनु हुँदै आफूले युद्धबिरामलाई सफल पार्ने कुरामा भने बाचा गर्न सम्भव नभएको केरीको निराशाजनक टिप्पणी थियो ।
राष्ट्रसङ्घ प्रतिनिधि डे मिस्टुरासँगै उभिएका केरीले सिरियाको द्वन्द्वका कारण विश्वको चासो सिरियामा भएका बेला राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले धेरै तरिकाबाट नियन्त्रण बाहिर रहेको द्वन्द्वलाई मिस्टुराले युद्धबिराममार्फतसम्बोधन गर्न गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
अलेपोमा पछिल्ला दिनमा देखिएका हमलालाई सङ्केत गर्दै रसिया र अमेरिकी मध्यस्थता तथा संयुक्त राष्ट्रसङ्घको आह्वानमा भएको युद्धबिराम सिरियाका केही ठाउँमा भने जारी रहेको केरीले बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री बसर अल असदको सत्ताले अलेपोमा अवस्थित तीन स्वास्थ्य उपचार केन्द्र र एउटा मुख्य अस्पताललाई लक्षित गरी आक्रमण गरेको बताउँदै यसबाट त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी साथै बिरामीले जीवन गुमाउनु परेको जिकिर गर्नुभयो ।
अस्पताल तथा स्वास्थ्य केन्द्रमा भएका हमला अविवेकी भएकोले असदको सत्ताले यस्ता गतिविधिलाई तुरुन्त रोक्नुपर्ने बताउनुभयो ।
यसै सन्दर्भमा रसियाली विदेशमन्त्री लाभारोभले राष्ट्रसंघ प्रतिनिधि मिस्टुरालाई मंगलबार मस्कोमा भेटगरी छलफल गर्नुहुने भएको रसियाली विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । भेटपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उक्त मन्त्रालयले बताएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते