काठमाडौँ १९ वैशाख । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिनुभयो ।
सभास्द पनि रहनुभएका कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिनुभएको थियो ।
नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले सङ्घको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिनुभएको भेटमा सहभागी सङ्घका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिनुभयो ।
यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।
अबको १० दिनभित्र सङ्घको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले जानकारी गराउनुभयो । सभापति देउवाले आजै सङ्घ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा प्रकाशशरण महतलाई दिनुभएको छ । यसअघि सो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हाल्नुभएको थियो ।
पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा