
काठमाडौँ, १९ वैशाख । प्रमुख राजनीतिक दलले संसदीय नियमावली निर्माणमा देखिएको विवाद आज साँझसम्म सहमति जुटाउने प्रतिबद्धता जनाएका छन् ।
सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज भएको प्रमुख तीन राजनीतिक दलको बैठकमा विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको हो ।
सो अवसरमा सभामुख घर्तीले आफूले प्रमुख तीन दलका शीर्ष नेतालाई विवादित संसदीय नियमावलीमा सहमति जुटाउन आग्रह गरेको र उहाँहरुले आज साँझसम्म सहमति जुटाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।
‘‘ मैले नियमावलीमा तत्काल सहमति जुटाउनुस् भनेर आग्रह गरँे, शीर्ष नेताहरुले कुनै न कुनै रुपमा निकास दिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ, अपेक्षा गरौँ, नियमावलीमा सहमति हुन्छ ।’’ सभामुखले भन्नुभयो ।
बैठकमा विशेष गरी सार्वजनिक सुनुवाइ समितिको सदस्य सङ्ख्या कति राख्ने भन्नेमा कुनै सहमति हुन सकेन । नेपाली काँग्रेसले सुनुवाइ समितिमा ७३ सदस्यीय नै हुनुपर्ने बताउँदै आएको छ भने नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले नयाँ संविधानको भावनानुसार नै १५ सदस्यीय बनाउनुपर्ने धारणा राख्दैआएका छन् ।
दबीच सहमति हुन नसक्दा नियमावली निर्माण प्रक्रिया सात महिनादेखि अवरुद्ध हुँदै आएको छ ।
बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले छलफल जारी रहेका कारण छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘‘ नेपाली काँग्रेसका नेताहरुले संसदीय दलको कार्यसमितिको बैठक बसेर सहमतिको आधार तयार पार्ने विश्वास हामीलाई दिलाउनुभएको छ, आशा गरौँ, चाँडै सहमति जुट्छ ।’’
बैठकमा सभामुखले नियमावलीको विषयमा सहमति हुन नसक्दा संसद्को कार्यसञ्चालन तथा विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि समस्या पैदा भएकाले तत्काल सहमति गरिदिन आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली, एमाओवादी अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको सहभागिता थियो । नियमावली मस्यौदा समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी