रेडिङ बोरो काउन्सिलकी मेयर सार ह्याकरको प्रमुख आतिथ्य र नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोलको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै रेडिङ बरो काउन्सिलकी मेयर सार ह्याकरले नेपालमा गएको भूकम्पबाट ठूलो धनजनको क्षतिप्रति दुःख ब्यक्त गरिन् । साथै उनले नेपाली नयां वर्ष २०७३ को शुभकामना दिइन् । विशेष अतिथिको आसनबाट बोल्दै नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोलले नेपालीहरुको दुःखमा ग्रेटर रेडिङ नेपाली समाजले अग्रणी भूमिका खेलेकोमा धन्यवाद दिए । साथै नेपाली दूतावासका एट्याची तेजेन्द्र रेग्मीले महाभूकम्पको विषयमा जानकारी गराएका थिए ।
समाजका सल्लाहकार समितिका तर्फबाट ढकबहादुर गुरुङले गत वर्षको विनाशकारी भूकम्पको सम्झना गर्दै नयां वर्ष २०७३ को शुभकामना दिए । सोही क्रममा समाजका सल्लाहकार राम गलामीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिएका थिए । रेडिङमा रहेका सम्पूर्ण संघसस्थाको तर्फबाट रेडिङ तामाङ घेदुङ अध्यक्ष प्रेम लामाले नयां वर्षको शुभकामना दिए ।
नयां वर्ष कार्यक्रमका संयोजक तथा ग्रेटर रेडिङ नेपाली समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले अतिथिहरुलाई स्वागत गरे । साथै उनले एक सय पाउण्ड सहयोग गरेकामा समाजका सदस्य राजेन्द्र श्रेष्ठ लगायत कार्यक्रमको व्यवस्थापन गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
स्वागतकै सिलसिलामा कवयित्री निर्मला न्यौपानेले स्वागत गीतमार्फत अतिथिहरुको स्वागत गरिन् । कार्यक्रममा नेपाली कलाकारहरु हेमन्त शर्मा, रामजी खांड, देवीका केसीको सुमधुर गीत संगीतमा झुम्दै रेडिङवासीहरुले नयां वर्षलाई स्वागत गरेका थिए । कार्यक्रमलाई अत्यन्त भब्य र आकर्षक ढंगबाट ग्रेटर रेडिङ नेपाली समाजका कार्यवाहक महासचिव डा. ओमकार अधिकारीले सञ्चालन गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो