रेडिङ बोरो काउन्सिलकी मेयर सार ह्याकरको प्रमुख आतिथ्य र नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोलको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै रेडिङ बरो काउन्सिलकी मेयर सार ह्याकरले नेपालमा गएको भूकम्पबाट ठूलो धनजनको क्षतिप्रति दुःख ब्यक्त गरिन् । साथै उनले नेपाली नयां वर्ष २०७३ को शुभकामना दिइन् । विशेष अतिथिको आसनबाट बोल्दै नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोलले नेपालीहरुको दुःखमा ग्रेटर रेडिङ नेपाली समाजले अग्रणी भूमिका खेलेकोमा धन्यवाद दिए । साथै नेपाली दूतावासका एट्याची तेजेन्द्र रेग्मीले महाभूकम्पको विषयमा जानकारी गराएका थिए ।
समाजका सल्लाहकार समितिका तर्फबाट ढकबहादुर गुरुङले गत वर्षको विनाशकारी भूकम्पको सम्झना गर्दै नयां वर्ष २०७३ को शुभकामना दिए । सोही क्रममा समाजका सल्लाहकार राम गलामीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिएका थिए । रेडिङमा रहेका सम्पूर्ण संघसस्थाको तर्फबाट रेडिङ तामाङ घेदुङ अध्यक्ष प्रेम लामाले नयां वर्षको शुभकामना दिए ।
नयां वर्ष कार्यक्रमका संयोजक तथा ग्रेटर रेडिङ नेपाली समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले अतिथिहरुलाई स्वागत गरे । साथै उनले एक सय पाउण्ड सहयोग गरेकामा समाजका सदस्य राजेन्द्र श्रेष्ठ लगायत कार्यक्रमको व्यवस्थापन गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
स्वागतकै सिलसिलामा कवयित्री निर्मला न्यौपानेले स्वागत गीतमार्फत अतिथिहरुको स्वागत गरिन् । कार्यक्रममा नेपाली कलाकारहरु हेमन्त शर्मा, रामजी खांड, देवीका केसीको सुमधुर गीत संगीतमा झुम्दै रेडिङवासीहरुले नयां वर्षलाई स्वागत गरेका थिए । कार्यक्रमलाई अत्यन्त भब्य र आकर्षक ढंगबाट ग्रेटर रेडिङ नेपाली समाजका कार्यवाहक महासचिव डा. ओमकार अधिकारीले सञ्चालन गरेका थिए ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग