काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाहिचकिचाहट नेपालमा लगानी एवम् भ्रमण गर्न विदेशी लगानीकर्ता र पर्यटकलाई आग्रह गर्नुभएको छ ।
“गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, यहाँ लगानी र भ्रमण गर्न सुरक्षित छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा घुमफिर वर्ष २०७३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मेको पवित्र भूमि, आरध्यदेव पशुपतिनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक सुन्दरताको अनुपम सुन्दर एवम् ऐतिहासिक मठमन्दिर, पाटन, भक्तपुर हनुमानढोका क्षेत्र घुम्न विदेशी पर्यटकलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–“भुइँचालोले हाम्रा एतिहासिक, पुरातात्विक स्थललाई आंशिकमात्र क्षति पुरयाएको हो, ती स्थलको घुमेर आनन्द लिन म सबैसित आग्रह गर्दछु ।”
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको थियो । नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वका कुनाकुनामा पुरयाउन यहाँ आउने पर्यटक, सरकार तथा निजी क्षेत्रबाट थप पहलको आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले नेपालमा विदेशी लगानीको उचित वातावरण रहेको स्पष्टसमेत पार्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ समेत लेख्नुभएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको समेत सहभागिता थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने