काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाहिचकिचाहट नेपालमा लगानी एवम् भ्रमण गर्न विदेशी लगानीकर्ता र पर्यटकलाई आग्रह गर्नुभएको छ ।
“गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, यहाँ लगानी र भ्रमण गर्न सुरक्षित छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा घुमफिर वर्ष २०७३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मेको पवित्र भूमि, आरध्यदेव पशुपतिनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक सुन्दरताको अनुपम सुन्दर एवम् ऐतिहासिक मठमन्दिर, पाटन, भक्तपुर हनुमानढोका क्षेत्र घुम्न विदेशी पर्यटकलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–“भुइँचालोले हाम्रा एतिहासिक, पुरातात्विक स्थललाई आंशिकमात्र क्षति पुरयाएको हो, ती स्थलको घुमेर आनन्द लिन म सबैसित आग्रह गर्दछु ।”
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको थियो । नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वका कुनाकुनामा पुरयाउन यहाँ आउने पर्यटक, सरकार तथा निजी क्षेत्रबाट थप पहलको आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले नेपालमा विदेशी लगानीको उचित वातावरण रहेको स्पष्टसमेत पार्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ समेत लेख्नुभएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको समेत सहभागिता थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते