
काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको उल्लेख गर्नुभयो । अब आउने बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम अघि सार्ने उद्घोष पनि उहाँले गर्नुभयो ।
आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गर्नुभयो ।
मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने गरी सरकार अघि बढेको बताउँदै उहाँले भन्नुभयो – त्यहीअनुसार काम गर्न म कार्यकर्तालाई आग्रह गर्दछु ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा