
काठमाडौँ, २५ चैत । नेकपा (एमाले) को पोलिटब्युरोको बैठक आज पनि जारी रह्यो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आज ११ जना सदस्यले आफ्ना धारणा र सुझाव राख्नुभएको छ । अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठको प्रतिवेदन पेस गर्नुभएको थियो ।
आजको बैठकमा भानुभक्त ढकाल, लालबाबु पण्डित, विन्दा पाण्डे, यमलाल कँडेल, परशुराम मेघी गुरुङ, अरुण नेपाल, कर्ण थापा र गणेश तिमल्सिनाले प्रतिवेदनमाथि बोल्नुभयो ।
सदस्यहरुले संविधान निर्माण र राष्ट्रियताको अडानको भूमिका सकारात्मक रहेको बताउँदै पार्टीलाई एकताबद्ध र गतिशील बनाएर अघि बढाउन सुझाव दिएका थिए । चाँडो विधान महाधिवेशन गरेर प्रदेशस्तरमा कमिटी विस्तारमा लाग्न उनीहरुको सुझाव थियो ।
पोलिटब्युरोको बैठक शुक्रबार ४ बजे पुनः बस्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेको यही चैत २७ देखि ३० मा काठमाडौँमा हुने केन्द्रीय कमिटीको बैठकपूर्व पोलिटब्युरो बैठक बसेको हो । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]