
काठमाडौँ, २५ चैत । नेकपा (एमाले) को पोलिटब्युरोको बैठक आज पनि जारी रह्यो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आज ११ जना सदस्यले आफ्ना धारणा र सुझाव राख्नुभएको छ । अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठको प्रतिवेदन पेस गर्नुभएको थियो ।
आजको बैठकमा भानुभक्त ढकाल, लालबाबु पण्डित, विन्दा पाण्डे, यमलाल कँडेल, परशुराम मेघी गुरुङ, अरुण नेपाल, कर्ण थापा र गणेश तिमल्सिनाले प्रतिवेदनमाथि बोल्नुभयो ।
सदस्यहरुले संविधान निर्माण र राष्ट्रियताको अडानको भूमिका सकारात्मक रहेको बताउँदै पार्टीलाई एकताबद्ध र गतिशील बनाएर अघि बढाउन सुझाव दिएका थिए । चाँडो विधान महाधिवेशन गरेर प्रदेशस्तरमा कमिटी विस्तारमा लाग्न उनीहरुको सुझाव थियो ।
पोलिटब्युरोको बैठक शुक्रबार ४ बजे पुनः बस्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेको यही चैत २७ देखि ३० मा काठमाडौँमा हुने केन्द्रीय कमिटीको बैठकपूर्व पोलिटब्युरो बैठक बसेको हो । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक