
काठमाडौँ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गर्नुभएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गर्नुभएको छ । बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको छ ।
महोत्तरी, सुर्खेत, दाङ (घोराही), दाङ (तुल्सीपुर), बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो । त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो ।
आज बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो । निर्वाचनको मतपेटिका काठमाडाँैसम्म ल्याई पुरयाउन केही समय लागेकाले मतगणना कार्यमा ढिलाइ भएको हो ।
सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार पाँच दिन लाग्ने अनुमान गरिएको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण