
काठमाडौँ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गर्नुभएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गर्नुभएको छ । बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको छ ।
महोत्तरी, सुर्खेत, दाङ (घोराही), दाङ (तुल्सीपुर), बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो । त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो ।
आज बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो । निर्वाचनको मतपेटिका काठमाडाँैसम्म ल्याई पुरयाउन केही समय लागेकाले मतगणना कार्यमा ढिलाइ भएको हो ।
सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार पाँच दिन लाग्ने अनुमान गरिएको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी