
पोखरा, २१ चैत । पर्यटकीय नगरीका रुपमा ख्याती कमाएको पोखरामा प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढेको छ ।
साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटक पोखरा आउने गरेका छन् । पछिल्लो समयमा यो आन्तरिक पर्यटकको रोजाइमा पनि पर्दै गएको छ ।
पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी पोखरामा मात्रै ४५ वटा कम्पनीले प्याराग्लाडिङ सञ्चालन गर्दै आएको नेपाल हवाई खेलकुद संस्थाका कार्यबाहक अध्यक्ष सोभियत बानियाँले जानकारी दिनुभयो । नेपालमा हाल ६५ वटा कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् । पोखरासहित बन्दीपुर, काठमाडौँ, सुर्खेंत, पाल्पा र धरानमा प्याराग्लाइडिङ सञ्चालन गरिँर्दै आइएको छ ।
नेपालमा सन् १९९७ मा सनराइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने प्रावधान रहेको छ ।
विशेष गरी पोखरा आउने पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन गरेका पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउनुहुन्छ ।
“प्याराग्लाइडिङ यहाँको विशेष आकर्षण हो,” उहाँले भन्नुभयो, “प्याराग्लाइडिङकै लागि बाह्य पर्यटक पोखरा आउने गरेका छन्, पछिल्ला समयमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।”
पोखरामा दैनिक करिब १५० वटा प्याराग्लाडिङ उडान सञ्चालन हुने गरेका नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । भूकम्प र नाकाबन्दीको अवस्थामा समेत बाह्य तथा आन्तरिक पर्यटक प्याराग्लाइडिङका लागि पोखरा आएका थिए ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त