
इस्तानबुल, १९ चैत । मानवअधिकारका लागि कार्यरत एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई सिरियामा जारी द्वन्द्वको चपेटामा परी विदेश पलायन भई टर्की रहँदै आएका र अन्य युरोपेली मुलुक हिँडेका शरणार्थीलाई गैरकानुनी तरिकाले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र सिरियामै फिर्ता हुन दबाब दिने गरेको शुक्रबार जनाएको छ ।
एम्नेस्टीले यसलाई ‘घातक कमजोरी’ भन्दै ईयू सहमतिको सबै युरोपेली राष्ट्रले पालना गर्न सुझावसमेत दिएको छ ।
गएको महिना ईयू राष्ट्रका नेताहरुको छलफलपछि गरिएको सहमति विपरित टर्कीले केही दिन यता सिरियाली शरणार्थीलाई विना कुनै छानबिन सिरिया फर्कन दबाब दिन थालेपछि एम्नेस्टी इन्टरनेसनलले ईयू सहमतिको टर्कीद्वारा भङ्ग गरेको बताएको हो ।
एम्नेस्टी समूहद्वारा गरिएको अनुसन्धानले करिब एक सय जना सिरियाली द्वन्द्वपीडित नागरिकलाई दैनिक सिरिया फर्काउने गरेको दाबी गरेको छ ।
सिरियामा सन् २०११ देखि जारी द्वन्द्वका कारण २७ लाख सिरियाली नागरिकलाई शरण दिँदै आएको टर्कीले यस्ता दाबीको निरन्तर खण्डन गर्दै आएको छ र कुनै पनि सिरियाली शरणार्थीलाई स्वदेश जान दबाब नदिने गरेको बताउँदै आएको भएपनि पछिल्लो आरोपबारे कुनै सरकारी प्रतिक्रिया आइसकेको छैन ।
यसअघि टर्कीले आफ्नो मुलुकले शरणार्थीका लागि सधैँ ढोका खुला राख्ने नीति कायम राखेको बताउँदै आएको थियो ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक युरोपमा परेको पछिल्लो शरणार्थी बोझलाई कम गर्न युरोपेली राष्ट्रहरु लगाएत टर्कीका अधिकारीले टर्कीका विभिन्न स्थानबाट दैनिकजसो महिला तथा बालबालिकासहित गरी सयौँको सङ्ख्यामा सिरियाली सिमानातर्फ पठाइने गरेको एम्नेस्टी इन्टरनेसनलको दाबी छ ।
ग्रीसले आगामी सोमबारदेखि एइजन सामुद्रिक सीमा पार गर्दै गैरकानुनी रुपमा आफ्नो देश आउने सिरियाली लगायतका अन्य देशका शरणार्थीलाई फिर्ता पठाउने तयारी गरेको छ ।
तर, एम्नेस्टीले शरणार्थीलाई टर्की पठाइनु बेठिक भन्दै शरणार्थीका लागि टर्की सुरक्षित मुलुक नभएको जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने