
लन्डन । रसमुर बरोको स्वतन्त्रता प्राप्तिका अवसरमा गोर्खाहरुले मार्च पास गरेका छन् । टेन क्यूओजिएलआर सम्वद्ध करिब एकसय ५० गोर्खाले गत सप्ताहन्त अल्डरसटको प्रिन्सेस हल हुंदै ह्याम्पसायर क्षेत्रमा मार्च पास गरेका हुन् ।
ब्रिगेड अफ गोर्खाज् ब्याण्डको नेतृत्वमा ग्रोस्भेनर रोड, भिक्टोरिया रोड, स्टेशन रोड, हाइ स्ट्रिट, प्रिन्सेस वेमा परेड भएको थियो ।
उक्त अवसरमा रेजिमेन्टल पाइप्स् र ड्रम्स् बजाइएको थियो ।
फ्रिडम स्क्रोल प्रस्तुत गर्दै रसमुर काउन्सिलका मेयर मार्टिन टिनेन्टले गोर्खाहरुसंगको लामो इतिहासले रसमुर सांच्चिकै गौरवान्वित भएको बताए । गोर्खाहरुले ब्रिटिश आर्मी र स्थानीय समुदायलाई भयानक विशिष्ठता दिएर सेवा गरिरहेको पनि मार्टिनले उल्लेख गरे ।
गत वर्ष जुलाईमा भएको काउन्सिलरहरुको विशेष बैठकले गोर्खाहरुको बहादुरी र साहसको कदर गर्दै सम्मान स्वरुप स्वतन्त्रता दिने निर्णय सर्वसम्मत पारित गरेको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान