
लन्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको ६ मार्च आइतबार हुने अधिवेशनमा आतिथ्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लन्डन उत्रिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, कोषाध्यक्ष सूर्यमणि गौतम र सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल शुक्रबार बिहान हिथ्रो टर्मिनल फोरमा ओर्लिएका हुन् । उपाध्यक्ष अनिता बिन्दु आजै सांझ लन्डन आइपुग्नेछिन् भने महासचिव उजिर मगर गत सातादेखि बेलायतमै छन् ।
उनीहरुको स्वागत गर्न नेपाल पत्रकार महासंघ, बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जा, पत्रकारहरु ध्रुवराज अर्याल र विमला सेने विमानस्थल पुगेका थिए । साथमा मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा पनि थिइन् ।
बेलायतका पत्रकारहरु चुनावी मैदानमा उत्रिइसकेका छन् । अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भइसकेपनि वरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारी र श्याम लुईंटेल, उपाध्यक्षमा ध्रुवराज अर्याल र मिलन वाग्ले एवं महासचिवमा लिलामान शेरपुन्जा र नारायण गाउंले भिड्ने भएका छन् ।
यसअघि कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्षमा रोशन राई र सचिवमा शिव भण्डारी निर्विरोध भइसकेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]