
लन्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको ६ मार्च आइतबार हुने अधिवेशनमा आतिथ्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लन्डन उत्रिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, कोषाध्यक्ष सूर्यमणि गौतम र सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल शुक्रबार बिहान हिथ्रो टर्मिनल फोरमा ओर्लिएका हुन् । उपाध्यक्ष अनिता बिन्दु आजै सांझ लन्डन आइपुग्नेछिन् भने महासचिव उजिर मगर गत सातादेखि बेलायतमै छन् ।
उनीहरुको स्वागत गर्न नेपाल पत्रकार महासंघ, बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जा, पत्रकारहरु ध्रुवराज अर्याल र विमला सेने विमानस्थल पुगेका थिए । साथमा मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा पनि थिइन् ।
बेलायतका पत्रकारहरु चुनावी मैदानमा उत्रिइसकेका छन् । अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भइसकेपनि वरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारी र श्याम लुईंटेल, उपाध्यक्षमा ध्रुवराज अर्याल र मिलन वाग्ले एवं महासचिवमा लिलामान शेरपुन्जा र नारायण गाउंले भिड्ने भएका छन् ।
यसअघि कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्षमा रोशन राई र सचिवमा शिव भण्डारी निर्विरोध भइसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा