
लन्डन । बेलायतका नेपाली पत्रकारहरु यतिखेर नयां कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रियामा व्यस्त छन् । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसन आउन एक साता बांकी रहंदा आज पत्रकारहरु उम्मेदवारी दर्तामा व्यस्त देखिएका हुन् । ब्लु अर्किड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ । दर्ता दिउसो एक बजेसम्म रहने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन समिति संयोजक विजय थापा, भगिरथ योगी र नवीन पोखरेलको व्यस्तता अहिले खुबै देखिएको छ । नेपाल पत्रकार महासंघ महासचिव उजिग मगर पनि कार्यक्रममा सहभागी छन् ।
अहिलेसम्म अध्यक्षमा विमला सेने र नरेश खपांगीमगरको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारी र श्याम लुईंटेल, उपाध्यक्षमा मिलन शर्मा, सचिवमा शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुलीको उम्मेदवारी परेको छ । समय अझै रहेकाले कतिपय आकांक्षी बांकी पदमा सर्वसम्मत गर्न छलफल गरिरहेका छन् ।
अधिवेशन आगामी ६ मार्च आइतबार हुंदैछ । अधिवेशनका लागि केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणि गौतम, सन्चार मन्त्रीका सल्लाहकार मात्रिका पौडेल पनि सहभागी हुन आउंदैछन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]