बेलायतका पत्रकारहरु उम्मेदवारी दर्तामा व्यस्त

ppp
लन्डन । बेलायतका नेपाली पत्रकारहरु यतिखेर नयां कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रियामा व्यस्त छन् । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसन आउन एक साता बांकी रहंदा आज पत्रकारहरु उम्मेदवारी दर्तामा व्यस्त देखिएका हुन् । ब्लु अर्किड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ । दर्ता दिउसो एक बजेसम्म रहने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन समिति संयोजक विजय थापा, भगिरथ योगी र नवीन पोखरेलको व्यस्तता अहिले खुबै देखिएको छ । नेपाल पत्रकार महासंघ महासचिव उजिग मगर पनि कार्यक्रममा सहभागी छन् ।
अहिलेसम्म अध्यक्षमा विमला सेने र नरेश खपांगीमगरको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारी र श्याम लुईंटेल, उपाध्यक्षमा मिलन शर्मा, सचिवमा शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुलीको उम्मेदवारी परेको छ । समय अझै रहेकाले कतिपय आकांक्षी बांकी पदमा सर्वसम्मत गर्न छलफल गरिरहेका छन् ।
अधिवेशन आगामी ६ मार्च आइतबार हुंदैछ । अधिवेशनका लागि केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणि गौतम, सन्चार मन्त्रीका सल्लाहकार मात्रिका पौडेल पनि सहभागी हुन आउंदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री