काठमाडौँ, २९ पुस । गोरखाका ३० वार्षीय सुदीप धिताललाई विगत छ वर्षदेखि उच्च रक्तचापको समस्या छ । अचानक टाउको दुख्ने र चक्कर लाग्ने समस्या भएपछि उनी चिकित्सक कहाँ गएर जाँच गराउँदा उच्च रक्तचापका कारणले यस्तो समस्या भएको सम्झन्छन् ।
नयाँ बानेश्वरकी ३५ वर्षीया सरिता बस्याल पनि उच्च रक्तचापबाट पीडित छन् । उनले पनि नियमितरूपमा औषधि सेवन गरिरहेकी छन् । उनी आफ्नो २१ वर्षे छोरामा पनि यही समस्या देखिएपछि थप चिन्तामा भएको बताउंछिन् । ‘यति सानो उमेरमा उच्च रक्तचाप हुने रहेछ । अहिले नै यस्तो भए पछि के होला ?’ उनको चिन्ता छ ।
पछिल्लो समयमा नेपालमा उच्च रक्तचापका कारण अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको चिकित्सकको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाइदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा गरेको सर्वेक्षणले २५ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको देखाएको हो ।
हरेक पाँच वर्षमा गरिने यो सर्भेमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत महिला छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान, रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयघात, मतिष्कघात (स्ट्रोक) र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउंछन् ।
उनले उच्च रक्तचापबाट बच्न आफ्ना आनीबानी सामान्य बनाउनुपर्ने र खानपानमा विशेष सावधानी अपनाएर नियमित औषधिको सेवन गर्नुपर्ने बताउंछन् ।
विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई सुसुप्त हत्यारा अर्थात ‘साइलेन्ट किलर’को सङ्ज्ञा दिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन्—‘‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्किृयता, नुनको अत्यधिक प्रयोग, जङ्कफुड र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।’
पछिल्ला सर्वेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्थालाई पुष्टि गरेका छन् । नेपालमा गरिएका पछिल्ला सर्वेक्षण अनुसार युवामा हुने हृदयघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्कघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ ।
नेपाल हृदयघात सचेतना केन्द्रले काठमाडाँै उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्वेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ ।
सर्वेक्षणले त्योभन्दा डरलाग्दो तथ्यको रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम (प्रि–हाइपरटेन्सन) रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुबै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो ।
उच्च रक्तचापको समस्या भएपछि यो पूर्णरूपमा निको नहुने तर यसलाई रोकधाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक भएको डा अर्यालको भनाइ छ ।
उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो, चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?