
लन्डन । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई मगर संघ यूकेले सम्मान गरेको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा १५ अगस्ट मा गैरआवासीय नेपाली संघ यूकेले गरेको कार्यक्रमको अवसरमा मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई सम्मान गर्नुभएको हो । संघका अध्यक्ष लालुले मगर समुदायको तर्फबाट घिसिङलाई खादा अर्पण गर्दै सम्मान गर्नुभएको थियो ।
घिसिङलाई सम्मानबारे अध्यक्ष लाल पुनले भन्नुभयो- ‘उहाँजस्ता निष्ठावान, पारदर्शी र दूरदर्शी नेतृत्वले मात्र देशमा सकारात्मक परिवर्तन सम्भव छ । मगर समुदाय उहाँको इमानदार प्रयासप्रति सदैव आभारी छ ।’ उहाँले उज्यालो नेपालको अभियानमार्फत जसरी सामाजिक न्याय, समानता र परिवर्तनको कुरा उठाउनु भयो, त्यो आदिवासी, जनजाति र सम्पूर्ण उत्पीडित समुदायहरूको आवाजसँग मेल खाने अध्यक्ष पुनले उल्लेख गर्नुभयो । उहाँले कुलमान घिसिङजस्ता कर्मठ, स्वच्छ छवि भएका व्यक्तित्वको साथ दिनु आजको आवश्यकता भएको उल्लेख गर्दै प्रवासबाट पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।
घिसिङले आफूलाई सम्मान गरेकोमा मगर संघ यूके परिवारलाई धन्यवाद दिनुभएको थियो ।
सम्मानका क्रममा मगर संघ यूकेका संरक्षक, पूर्वअध्यक्षहरु लगायतको उपस्थिति थियो । सम्मानपछि सामूहिक तस्बिरसमेत खिचिएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा