
लन्डन । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई मगर संघ यूकेले सम्मान गरेको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा १५ अगस्ट मा गैरआवासीय नेपाली संघ यूकेले गरेको कार्यक्रमको अवसरमा मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई सम्मान गर्नुभएको हो । संघका अध्यक्ष लालुले मगर समुदायको तर्फबाट घिसिङलाई खादा अर्पण गर्दै सम्मान गर्नुभएको थियो ।
घिसिङलाई सम्मानबारे अध्यक्ष लाल पुनले भन्नुभयो- ‘उहाँजस्ता निष्ठावान, पारदर्शी र दूरदर्शी नेतृत्वले मात्र देशमा सकारात्मक परिवर्तन सम्भव छ । मगर समुदाय उहाँको इमानदार प्रयासप्रति सदैव आभारी छ ।’ उहाँले उज्यालो नेपालको अभियानमार्फत जसरी सामाजिक न्याय, समानता र परिवर्तनको कुरा उठाउनु भयो, त्यो आदिवासी, जनजाति र सम्पूर्ण उत्पीडित समुदायहरूको आवाजसँग मेल खाने अध्यक्ष पुनले उल्लेख गर्नुभयो । उहाँले कुलमान घिसिङजस्ता कर्मठ, स्वच्छ छवि भएका व्यक्तित्वको साथ दिनु आजको आवश्यकता भएको उल्लेख गर्दै प्रवासबाट पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।
घिसिङले आफूलाई सम्मान गरेकोमा मगर संघ यूके परिवारलाई धन्यवाद दिनुभएको थियो ।
सम्मानका क्रममा मगर संघ यूकेका संरक्षक, पूर्वअध्यक्षहरु लगायतको उपस्थिति थियो । सम्मानपछि सामूहिक तस्बिरसमेत खिचिएको थियो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श