
लन्डन । नेपाली दूतावास लन्डनमा हिन्दु नारीहरुको ठूलो पर्व हरितालिका तीज मनाइएको छ ।
दूतावास भवनमा शुक्रबार आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका महिला प्रमुख, कलाकारहरु र अन्य सर्वसाधारण महिला सहभागी भएर उल्लासमय वातावरणमा तीज मनाएका नेपाली राजदूत चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा नेपालबाट आउनुभएकी गायिका कोमल वली, देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेललगायत उपस्थित हुनुहुन्थ्यो ।

गायिका कोमल वलीले विश्वभरका नेपालीहरुलाई तीजको शुभकामना दिँदै हिंसारहित, सुखमय जीवनको कामनासहित हरेक महिलामा खुशी छाइरहोस् भन्ने शुभकामना दिनुभयो । उहाँले तीजको महत्व र यसको ऐतिहासिक एवं धार्मिक पक्षमा समेत प्रवचन दिनुभयो ।
राजदूत घिमिरेले शुभकामना दिँदै दूतावासको आंगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रम एनआरएनए आइसीसी युरोप महिला संयोजक एवं नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्वअध्यक्ष प्रसुना कँडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले गायिका ओलीलगायत कलाकारको प्रस्तुतिमा नाचेका थिए ।

बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श