
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए ।
बलिङतर्फ पाकिस्तान शाहीन्सले मोहमद वासिम र फैसल अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहमद सलमानले एक विकेट झारे । त्यसअघि पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो । पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यसैगरी मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यसैगरी कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको थियो । नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
नेपालले होबर्ट हुरिक्यान्स एकेडेमी विरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध ३३ रनको जित निकालेको थियो । यस हारसँगै ६ खेलमा चार अङ्क जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता