
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए ।
बलिङतर्फ पाकिस्तान शाहीन्सले मोहमद वासिम र फैसल अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहमद सलमानले एक विकेट झारे । त्यसअघि पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो । पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यसैगरी मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यसैगरी कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको थियो । नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
नेपालले होबर्ट हुरिक्यान्स एकेडेमी विरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध ३३ रनको जित निकालेको थियो । यस हारसँगै ६ खेलमा चार अङ्क जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ