
लन्डन । बेलायतमा यही अगस्ट २४ तारिखमा हुने १६ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमुधीं यूकेले जनाएको छ ।
तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी मेला तयारी पूरा भएको जानकारी दिइएको हो । नेपाली दूतावासको सहकार्यमा हुने मेला केम्पटन पार्क रेस कोर्समा हुनेछ ।
मेला संयोजक एवं संस्थाका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार झण्डै ५१ हजार पाउण्ड खर्च हुने अनुमान छ । मेलामा विभिन्न जातजाति र संघसंस्थाको झांकी, लोकसंगीत, नृत्य, हस्तकला प्रदर्शन, परम्परागत भेषभूषा तथा परिकारहरु राखिने छन् । खाना तथा च्यारिटीका झण्डै ७० स्टल र अन्य कयौं आकर्षण रहने जानकारी दिनुभयो ।
मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र उज्यालो नेपाल अभियन्ता नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहनुहुनेछ ।
अध्यक्ष जुमकाजी अध्यक्ष गुरुङले गत वर्ष गोर्खा कपबाट संकलित रकममध्ये १० प्रतिशत नेपालको लमजुङमा च्यारिटी कार्यमा सहयोग गरिएको भन्दै नेपाली मेलामा समेत आम्दानी वचत भए खर्च गरिने जनाउनुभयो ।

बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श