
लन्डन । नेपालकी पूर्वसभामुख एवं ओनसरी घर्तीमगर बेलायत आउनुहुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य, आदिवासी/जनजाती संयुक्त मोर्चा नेपालको इन्चार्ज घर्तीमगर सेप्टेम्बर २ मा लन्डन आउन लाग्नु भएको हो । माओवादी सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको आगामी ७ सेप्टेम्बर २०२५ मा हुने संयुक्त सम्मेलनमा सहभागी हुन घर्तीसँगै माओवादीका केन्द्रीय सचिव, पश्चिम अन्तर महादेशीय प्रवास संगठन समिति इञ्चार्च तथा पूर्वमन्त्री राम कार्की, किराती मुक्ति मोर्चा, नेपालको केन्द्रीय महासचिव वसन्त राई पनि बेलायत आउने तयारी रहेको सम्मेलन संयोजक कर्मा पहाडी शेर्पाले जानकारी दिनुभएको छ ।
सम्मेलन ७ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुनेछ ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले पूर्वसभामुख घर्तीमगर र पूर्वमन्त्री कार्कीसँग अन्तरक्रिया गर्ने भएको छ । घर्ती र कार्कीसँग सेप्टेम्बर ६ तारिखमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा अन्तरक्रिया गर्न लागिएको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो । उनका अनुसार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली नागरिकता निरन्तरता र संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आदिवासी जनजातीको अधिकारबारे छलफल हुनेछ ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा