
लन्डन । नेपालकी पूर्वसभामुख एवं ओनसरी घर्तीमगर बेलायत आउनुहुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य, आदिवासी/जनजाती संयुक्त मोर्चा नेपालको इन्चार्ज घर्तीमगर सेप्टेम्बर २ मा लन्डन आउन लाग्नु भएको हो । माओवादी सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको आगामी ७ सेप्टेम्बर २०२५ मा हुने संयुक्त सम्मेलनमा सहभागी हुन घर्तीसँगै माओवादीका केन्द्रीय सचिव, पश्चिम अन्तर महादेशीय प्रवास संगठन समिति इञ्चार्च तथा पूर्वमन्त्री राम कार्की, किराती मुक्ति मोर्चा, नेपालको केन्द्रीय महासचिव वसन्त राई पनि बेलायत आउने तयारी रहेको सम्मेलन संयोजक कर्मा पहाडी शेर्पाले जानकारी दिनुभएको छ ।
सम्मेलन ७ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुनेछ ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले पूर्वसभामुख घर्तीमगर र पूर्वमन्त्री कार्कीसँग अन्तरक्रिया गर्ने भएको छ । घर्ती र कार्कीसँग सेप्टेम्बर ६ तारिखमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा अन्तरक्रिया गर्न लागिएको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो । उनका अनुसार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली नागरिकता निरन्तरता र संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आदिवासी जनजातीको अधिकारबारे छलफल हुनेछ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श