
काठमाडौँ, १५ पुस । सरकारले भूकम्पपीडित नागरिकलाई चिसोबाट जोगाउन कम्बल र आर्थिक सहयोग वितरण कार्यलाई तीव्रता दिएको छ ।
भूकम्प प्रभावित जिल्लामा पीडित र कम आयआर्जन भएका नागरिकलाई तत्काल चिसोबाट जोगाउन सरकारले आज करिब २५ हजार थान कम्बल ती जिल्लामा पठाएको छ ।
यसबाहेक सरकारले भूकम्पपीडित प्रत्येक परिवारलाई दिने घोषणा गरेको रु १० हजार वितरण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाएको गृहमन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताउनुभयो ।
मन्त्रालयले बङ्गलादेश सरकारबाट भूकम्पका बेला प्राप्त भएकामध्येबाट झापा जिल्लाको गोदाममा बाँकी रहेका कम्बल आज प्रभावित जिल्लामा पठाएको हो ।
सहसचिव दङ्गालका अनुसार मन्त्रालयले रसुवा जिल्लाका लागि चार हजार ३०, सिन्धुपाल्चोकका लागि पाँच हजार ३००, काभ्रेका लागि चार हजार ३६५, धादिङका लागि तीन हजार ४१५, दोलखाका लागि चार हजार १२०, गोरखाका लागि तीन हजार ७४१ थान कम्बल पठाएको छ । उक्त कम्बल भोलिसम्म सबै उक्त जिल्लामा पुग्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै सरकारले भूकम्पपीडितलाई रु १० हजार तत्काल प्रदान गर्न एकहप्ते अभियान नै सुरु गरेको र भूकम्प प्रभावित क्षेत्रका सबै गाविसले रु १० हजार वितरण कार्य सुरु गरेको उहाँले बताउनुभयो ।
आजसम्म करिब डेढ लाख परिवारले सो रकम प्राप्त गरिसकेको जानकारी दिँदै सहसचिव दङ्गालले भूकम्पपीडित नागरिकलाई राहत वितरण गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप