
काठमाडौँ, १५ पुस । सरकारले भूकम्पपीडित नागरिकलाई चिसोबाट जोगाउन कम्बल र आर्थिक सहयोग वितरण कार्यलाई तीव्रता दिएको छ ।
भूकम्प प्रभावित जिल्लामा पीडित र कम आयआर्जन भएका नागरिकलाई तत्काल चिसोबाट जोगाउन सरकारले आज करिब २५ हजार थान कम्बल ती जिल्लामा पठाएको छ ।
यसबाहेक सरकारले भूकम्पपीडित प्रत्येक परिवारलाई दिने घोषणा गरेको रु १० हजार वितरण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाएको गृहमन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताउनुभयो ।
मन्त्रालयले बङ्गलादेश सरकारबाट भूकम्पका बेला प्राप्त भएकामध्येबाट झापा जिल्लाको गोदाममा बाँकी रहेका कम्बल आज प्रभावित जिल्लामा पठाएको हो ।
सहसचिव दङ्गालका अनुसार मन्त्रालयले रसुवा जिल्लाका लागि चार हजार ३०, सिन्धुपाल्चोकका लागि पाँच हजार ३००, काभ्रेका लागि चार हजार ३६५, धादिङका लागि तीन हजार ४१५, दोलखाका लागि चार हजार १२०, गोरखाका लागि तीन हजार ७४१ थान कम्बल पठाएको छ । उक्त कम्बल भोलिसम्म सबै उक्त जिल्लामा पुग्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै सरकारले भूकम्पपीडितलाई रु १० हजार तत्काल प्रदान गर्न एकहप्ते अभियान नै सुरु गरेको र भूकम्प प्रभावित क्षेत्रका सबै गाविसले रु १० हजार वितरण कार्य सुरु गरेको उहाँले बताउनुभयो ।
आजसम्म करिब डेढ लाख परिवारले सो रकम प्राप्त गरिसकेको जानकारी दिँदै सहसचिव दङ्गालले भूकम्पपीडित नागरिकलाई राहत वितरण गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी