लन्डन । तमुधिं यूकेले आगामी २ जनवरी शनिवार सांझ रेडिङमा गर्ने तमु जातीहरुको महान पर्व ल्होछार कार्यक्रमको तयारी तीव्र भइरहेको छ । यसपटक तमुधिं यूकेको १५ औं ल्होछार भएकाले पनि आयोजक कार्यक्रम भव्य बनाउन जुटेका छन् । रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हुने ल्होछार कार्यक्रममा भाग लिन नेपालबाट आउने कलाकारहरुको भिजा लागिसकेको कार्यक्रम संयोजक ज्ञाम गुरुङले जनाएका छन् । गुरुङ तमुधिं यूकेका उपाध्यक्ष हुन् ।
बेलायत आउन गुरुङ कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नायक राजु गुरुङ, लोकदोहोरी गायिका निता गुरुङ र गायिका तथा मोडल जुनु रिजालको भिजा लागिसकेको जानकारी आयोजकले दिए । जुनुले नृत्य समेत प्रस्तुत गर्नेछिन् । अन्य गायक गायिका गणेश गुरुङ र कुमारी गुरुङको समेत प्रस्तुति रहने बताइएको छ । यस अलवा गोर्खा गुरुङ समाज, सोंपाल समाज, रोधी परिवार यूके, रेडिङ तमु समाज, अल्डरसट युथ र तमुधिं आमा समूहको पनि सरप्राइज डान्स रहने संयोजक गुरुङले जनाए । धार्मिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिको मिश्रणले ल्होछार सफल हुने विश्वास संयोजक गुरुङको छ ।
३० डिसेम्बरमा वुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) को अल्डरसटस्थित गुम्बामा ल्होछार शान्ति पूजा र प्रवचन हुनेछ । गुरुङ (तमु) लामा वौद्ध धर्म समाजका केन्द्रिय संस्थापक अध्यक्ष तथा वौद्ध अर्घौैं सदन रामघाट गुम्बाका प्रमुख लामा आचार्य श्री शिर लामा तमु (थुब्देन येशे) नेपालबाट ल्होछारकै लागि आउंदैछन् । साथमा खेम्पो छेवाङ गुरुङले पनि धार्मिक पूजा र प्रवचन दिने कार्यक्रम छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, स्थानीय सञ्चारकर्मी, देश विदेशबाट आउने तमु अतिथीहरु, कलाकार लगायत हजारौंको सहभागिता रहने तमुधिं यूके ल्होछार आयोजक कमिटीले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने