लन्डन । तमुधिं यूकेले आगामी २ जनवरी शनिवार सांझ रेडिङमा गर्ने तमु जातीहरुको महान पर्व ल्होछार कार्यक्रमको तयारी तीव्र भइरहेको छ । यसपटक तमुधिं यूकेको १५ औं ल्होछार भएकाले पनि आयोजक कार्यक्रम भव्य बनाउन जुटेका छन् । रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हुने ल्होछार कार्यक्रममा भाग लिन नेपालबाट आउने कलाकारहरुको भिजा लागिसकेको कार्यक्रम संयोजक ज्ञाम गुरुङले जनाएका छन् । गुरुङ तमुधिं यूकेका उपाध्यक्ष हुन् ।
बेलायत आउन गुरुङ कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नायक राजु गुरुङ, लोकदोहोरी गायिका निता गुरुङ र गायिका तथा मोडल जुनु रिजालको भिजा लागिसकेको जानकारी आयोजकले दिए । जुनुले नृत्य समेत प्रस्तुत गर्नेछिन् । अन्य गायक गायिका गणेश गुरुङ र कुमारी गुरुङको समेत प्रस्तुति रहने बताइएको छ । यस अलवा गोर्खा गुरुङ समाज, सोंपाल समाज, रोधी परिवार यूके, रेडिङ तमु समाज, अल्डरसट युथ र तमुधिं आमा समूहको पनि सरप्राइज डान्स रहने संयोजक गुरुङले जनाए । धार्मिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिको मिश्रणले ल्होछार सफल हुने विश्वास संयोजक गुरुङको छ ।
३० डिसेम्बरमा वुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) को अल्डरसटस्थित गुम्बामा ल्होछार शान्ति पूजा र प्रवचन हुनेछ । गुरुङ (तमु) लामा वौद्ध धर्म समाजका केन्द्रिय संस्थापक अध्यक्ष तथा वौद्ध अर्घौैं सदन रामघाट गुम्बाका प्रमुख लामा आचार्य श्री शिर लामा तमु (थुब्देन येशे) नेपालबाट ल्होछारकै लागि आउंदैछन् । साथमा खेम्पो छेवाङ गुरुङले पनि धार्मिक पूजा र प्रवचन दिने कार्यक्रम छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, स्थानीय सञ्चारकर्मी, देश विदेशबाट आउने तमु अतिथीहरु, कलाकार लगायत हजारौंको सहभागिता रहने तमुधिं यूके ल्होछार आयोजक कमिटीले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते